अवरुद्ध कर्णाली राजमार्ग अझै खुलेन
कालीकोट, असार २४ गते । तीन दिन यता लगातार परेको पानीका कारणले अवरुद्ध कर्णाली राजमार्ग अझै खुल्न सकेको छैन । राजमार्गको कालीकोट खण्डमा पाँच ठाउँमा आएको ठुलो पहिरो हटाउनेक्रम जारी रहे पनि राजमार्ग खुलाउन नसकिएको हो ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी अर्जुन केसीले राजमार्गका अन्य पहिरो हटाउन सफल भए पनि एसमोडमा आएको पहिरो पञ्छाउन केही समय लाग्ने बताउनुभयो । उहाँले तीन वटा स्काभेटर प्रयोग गरेर एसमोडको पहिरो पञ्छाउनेक्रम जारी रहेकाले आजै साँझसम्म सडक सुचारु हुन सक्ने विश्वास व्यक्त गर्नुभयो ।
पानी पुनः परेमा थप पहिरो खस्ने खतरा रहेको पनि उहाँले सुनाउनुभयो । हामीले हिजो करिव आधा पहिरो पञ्छाएका थियौँ, तर राति पुनः चटा्न फुटेर सडकमा थुप्रो पर्दा आज थप समय लाग्ने उहाँको भनाइ छ ।
उहाँले विपद्को बैठक जारी रहेकाले बिस्फोटक पदार्थ प्रयोग गर्नेकि भन्ने बिषयमा छलफल हुने गरेको बताउनुभयो । कालीकोट सदरमुकाम मान्मदेखि सुर्खेततर्फको सडक अबरोध भए पनि मान्म नाग्म जुम्लाखण्ड भने १० बजेटबाट सञ्चालनमा आएको छ ।
कालीकोटको पिली, टिमुरे, गाल्जे लगायतका ठाउँमा झरेको पहिरो पञ्छाएपछि मान्म नाग्म, जुम्ला सडकखण्ड सुचारु भएको हो । उक्त सडक खुलेपछि मान्म, मोल्फा, पिलि, सेरावाडामा अलपत्र परेका यातायातका साधन यात्रु र मालबाहक गाडी गन्तब्यतर्फ गएका छन ।
नाग्ममा रोकिएका यातायातका साधन पनि सुर्खेततर्फ हिँडेका छन् । नाग्मदेखि मान्म पुग्न चारदेखि पाँच घण्टा समय लाग्ने भएकाले त्यहाँसम्म एसमोडको पहिरो पनि एकतर्फी खुलाउन सकिन्छ भनेर प्रयास जारी रहेको प्रहरीको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अवरुद्ध कर्णाली राजमार्ग अझै खुलेन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्