दुई सय विद्यार्थीको निःशुल्क मुटु परीक्षण
नेपालगन्ज, असार २४ गते । नेपालगन्जका सामुदायिक विद्यालयका दुई सय विपन्न विद्यार्थीको निःशुल्क मुटु परीक्षण गरिएको छ ।
बालबालिकाको मुटु, बाथरोग र जन्मजात मुटुसम्बन्धी समस्याको पहिचान गरी उपचारको पहुँचमा ल्याउने उद्देश्यका साथ विपन्न विद्यार्थीको निःशुल्क मुटु परीक्षण गरेर परामर्श सेवा समेत प्रदान गरिएको हो ।
तेजस्वी हर्ट सेन्टर र लायन्स क्लव अफ नेपालगन्ज जीवनको संयुक्त आयोजनामा नेपालगन्जस्थित युद्ध संस्कृत माविका विद्यार्थीहरुलाई लक्षित गरेर निःशुल्क मुटुको चेकजाँच तथा परामर्श सेवा प्रदान गरिएको हो ।
तीन दिनसम्म चलेको उक्त शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विकास नेपालले विद्यार्थीहरुको मुटुको चेकजाँच गरेर विभिन्न परामर्श दिनुभयो ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. नेपालले बालबालिकामा मुटु, बाथरोग र जन्मजात मुटुसम्बन्धी समस्याको पहिचानगरी उपचारको पहुँचमा ल्याउन यो कार्यक्रमले प्रभावकारी भूमिका खेल्ने जानकारी दिनुभयो ।
विद्यालयका सबै दुई सय बालबालिकाहरुको इको गरिएकोमा केहीमा मुटु बाथरोगको लक्षण चिह्न देखिएको उहाँले बताउनुभयो । पाँच वर्षदेखि १७ वर्ष उमेर समूहका सबै बालबालिकाहरुको इको गरिएको थियो ।
निम्न आयस्तर, गरीब तथा विपन्न समुदायका बालबालिकाहरु अध्ययन गर्ने सो विद्यालयमा यस खालको स्वास्थ्य सेवाले बालबालिकाहरुलाई ठुलो राहात मिलेको विद्यालयले जनाएको छ ।
डा.नेपालका अनुसार पछिल्लो समय मुटु बाथरोगको समस्या बालबालिकामा पनि धेरै देखिने गरेको छ । समयमै उपचार पाए निको हुने यो रोगको पहिचानमा अभिभावकहरुले समयमै चासो दिनुपर्नेमा उहाँको जोड छ ।
चिकित्सकहरुका अनुसार किशोरावस्थामा घाँटीमा हुने सङ्क्रमणलाई बोलीचालीमा टन्सिल भएको भनिन्छ भने त्यसको चिकित्सिय नाम चाहीँ टन्सिलाइटिस हो । यो समस्या घाँटीको ग्रन्थीमा सङ्क्रमण भई सुन्निने, निल्न गाह्रो हुने, दुख्ने जस्ता यो समस्या ‘स्ट्रेप्टोकोकस व्याक्टेरिया’का कारणले हुन्छ ।
टन्सिलाइटिसको समयमा उपचार नभएमा मुटु बाथ रोग लाग्नसक्छ । समयमै राम्रो उपचार भयो भने त्यो समस्या त्यहीँ निको हुने चिकित्सकहरु बताउँछन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दुई सय विद्यार्थीको निःशुल्क मुटु परीक्षण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्