घर भत्किएपछि स्थानीय बास बस्ने चिन्ता
बाजुरा, असार २२ गते । बाजुरामा अविरल वर्षातका कारण घर भत्किएपछि स्थानीयलाई बास बस्ने चिन्ता परेको छ । जिल्लाको त्रिवेणी नगरपालिका–२ छतारास्थित दलित समुदायका घर दुई भत्किएपछि सो घरका स्थानीयालई बास बस्ने चिन्ता भएको हो ।
मनसुन सुरु भएसँगै घर भत्किएपछि वर्षातको समय कहाँ गएर बस्ने भन्ने चिन्ता लागेको त्रिवणी नगरपालिका २ का स्थानीय राजु मिजारले बतउानुभयो ।
उहाँले भन्नुभयो, “हिउँदमा भूकम्पले जोगिएको घर वर्खाको समय पूरै भत्किएपछि अहिले बास बस्ने चिन्ता परेको छ ।”
हिउँदमा त आगो बालेर जता पनि बास बस्न सकिन्थ्यो । तर अहिले वर्खाको समय पानी परेको छ । यस्तो अवस्थामा कहाँ गएर परिवारलाई राख्ने चिन्ता लाग्न थालेको मिजारले बताउनुभयो ।
दिउँसो धान रोपाइँको चटारो परेको छ । धेरै थाकिन्छ राती राम्रोसँग सुतौ भने घरको हालत यस्तो छ । यती बेला कहाँ गएर कसरी बसोबास गर्ने स्थानीय पदम मिजारले बताउनभुयो ।
यो समस्या त्रिवेणीमा मात्र होइन जिल्लाका अन्य ठाउँमा पनि यस्तै छ । हिउँदमा भूकम्पले चर्काएका घर वर्खाको समय थोरै पानी परेपनि भत्किन थालेका छन् ।
कहिले भूकम्प र कहिले बाढीपहिरोका कारण यहाँका स्थानीयलाई वर्षेनी सधैँ यसरी नै सास्ती खेप्दै आउनु परेको मिजारले बताउनुभयो ।
अविरल वर्षातका कारण घर भत्किएपछि अहिले वडा पालिकाको पहलमा प्रहरी जानकारी गर्दै मुचुल्का बनाउँने काम भइरहेको छ ।
गत वर्ष भूकम्पका कारण उठिबास भएको अधिकांश परिवारका घर निर्माण गरेर उनीहरुलाइ सुरक्षित ठाउँमा बसाल्ने काम भए पनि यती बेला वर्खाको समय पानीले भत्किएका घर निर्माण गर्ने काममा भने समस्या भएको छ ।
घरमा बस्ने अवस्था नभएकाले उनीहरुलाई त्रिपालको व्यवस्था गर्दै सुरक्षित ठाउँमा बसोबास गर्नका लागि परेको त्रिवेणी नगरपालिका २ का वडा अध्यक्ष बीरबहादुर विकले बतताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #घर भत्किएपछि स्थानीय बास बस्ने चिन्ता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्