ओखलढुङ्गामा ८९.६ मिलीमिटर वर्षा
ओखलढुङ्गा, असार २२ गते । ओखलढुङ्गामा पछिल्लो २४ घण्टामा ८९.६ मिलीमिटर वर्षा भएको छ । जल तथा मौसम विज्ञान फिल्ड कार्यालय ओखलढुङ्गाका अनुसार जिल्लामा सबैभन्दा धेरै मानेभन्ज्याङ गाउँपालिकामा वर्षा भएको हो ।
मानेभञ्ज्याङको वर्षा मापन केन्द्रमा रेकर्ड भएको विवरण अनुसार पछिल्लो २४ घन्टामा ८९.६ मिलीमिटर वर्षा भएको जल तथा मौसम विज्ञान फिल्ड ओखलढुङ्गाका प्रमुख अनिल पराजुलीले जानकारी दिनुभयो ।
प्रमुख पराजुलीका अनुसार मानेभञ्ज्याङमा पछिल्लो एक घण्टामा २.६ मिलीमिटर वर्षा भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ओखलढुङ्गागा सदरमुकाम क्षेत्रमा ६७.२ मिलीमिटर वर्षा भएको केन्द्र प्रमुख पराजुलीले बताउनुभयो । पराजुलीका अनुसार एक देखि १० मिलीमिटरसम्मको वर्षालाई हल्का वर्षा, १० देखि ५० मि.मिसम्मको वर्षालाई मध्यम, ५० देखि १०० मि.मिसम्मको वर्षालाई भारी वर्षा भन्ने गरिन्छ ।
जिल्लामा मापन भएको पछिल्लो २४ घण्टाको विवरण अनुसार भारी वर्षा भएको हो । लगातारको वर्षातले बाढीपहिरोको जोखिम हुनसक्ने भन्दै केन्द्रले जिल्लाका नागरिकमा सतर्क रहन समेत आग्रह गरेको छ । पछिल्लो २४ घण्टामा बाढी पहिरोका कुनै घटना नभए पनि सतर्क रहन जिल्ला विपद् व्यवस्थापन समिति ओखलढुङ्गाले अनुरोध गरेको छ ।
हावाहुरीले मकै बालीमा क्षती
अविरल वर्षासँगै आएको हावाहुरीले मकै बालीमा क्षति पुर्याएको छ । जिल्लाको जिखिदेम्बा गाउँपालिका–२ रगनीमा वर्षासँगै आएको हावाहुरीले पसाउन लागेको मकै ढालेको छ । निरन्तरको वर्षा र वर्षासँगैको हुरिले किसानको खेतबारीमा लगाएको मकै बालीमा क्षति पुगेको खिजीदेम्बा गाउँपालिका –२ का वडा अध्यक्ष सुरेन्द्र घिमिरेले जानकारी दिनुभयो । पसाउन लागेको मकैमा क्षति पुगेको वडा अध्यक्ष घिमिरेले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ओखलढुङ्गामा ८९.६ मिलीमिटर वर्षा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्