रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ : महामन्त्री ढकाल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले सार्वजनिक रूपमा नै पार्टी निर्माणको प्रक्रिया जनतामा प्रस्तुत गर्नुपर्ने बताएका छन् । ३८ जिल्ला पुगेर प्रतिवेदन तयार पारेका महामन्त्री ढकालले पार्टी निर्माणमा बौद्धिक नागरिक समाजको सहयोग खुलेर लिन पर्ने बताएका छन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठक लाइभ नगरिएको भन्दै महामन्त्री ढकालले मुखमा कालो टेप बाँधेर विरोधसमेत जनाएका थिए । उनले पार्टीको आगामी कार्यदिशा निर्माणका लागि घोटिनुपर्ने पनि बताएका छन् ।
ढकालले भनेका छन्, ‘आजका दिनसम्म पार्टीको सर्वोच्च निकाय केन्द्रीय समिति नै भएकाले यही केन्द्रीय समितिले निर्णय गरिदेओस्, आगामी कार्यदिशा निर्माणका लागी हामी घोटिऔँ । आशाको दियोलाई फेरि बालौँ ।’
त्यस्तै पार्टी सभापति रवि लामिछानेमा मात्रै केन्द्रित भएको पनि उनको आरोप छ । उनले थप लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीलाई अबको १०० दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ, रविको पार्टी होइन । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पनि रवि लामिछानेलाई नै बनाऔँ तर पार्टीलाई रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रविको पार्टी होइन, #राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा स्वयमसेवक माग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्