पोखरा महानगरमा अख्तियारको छापा
लेखनाथ, असार १८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार पोखरा महानगरपालिका कार्यालयमा छापा मारेको छ । मणिपाल शिक्षण अस्पताललाई कानुन विपरीत राजस्व छुट दिइएको उजुरीपछि अख्तियार पोखरा कार्यालय छापा मारेको हो ।
अख्तियार पोखराका प्रवक्ता उपसचिव जगदीशचन्द्र सिवाकोटीले महानगरमा छापा मारेको पुष्टि गर्नुभयो । “हामीले मणिपालसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएका छौँ । यसबारे हामीकहाँ उजुरी पनि परेको थियो र मिडियामा पनि आएको कुरा हो ।” अख्तियार टोली अहिले महानगरमै छ ।
महानगरले वडा नम्बर ११ मा रहेको मणिपाल शिक्षण अस्पताललाई करिब २० करोड कर छुट दिएर घरनक्सा सम्पन्न प्रमाणपत्र दिएको थियो । महालेखा परीक्षकको प्रतिवेदनले यसमा प्रश्न उठाएपछि महानगर छुट दिने निर्णय बदर गरिसकेको छ ।
वि.स. २०५३ मा बनेको मणिपाल शिक्षण अस्पताललाई महानगरको २०७९ चैत १० गते भएको बैठकले २० करोड कर छुट दिएर एक करोड ७५ लाख लिई मणिपाललाई भवन सम्पन्न प्रमाणपत्र दिने निर्णय लिएको थियो । महालेखाले मणिपालले २१ करोड ५७ लाख बुझाउनुपर्ने औँल्याएको छ ।
असार १० गतेको नगर सभाले प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाको संयोजकत्वमा कर यकिन गर्न समिति बनाएको छ । समितिमा डा होम गैरे, विमल भण्डारी र अधिवक्ता सुवदेव गौतम, इन्जिनियर सुरेन्द्र पाण्डे, रामजी पौडेल र शिवराम भण्डारी सदस्य हुनुहुन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पोखरा महानगरमा अख्तियारको छापा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्