एकै दिन एक लाखभन्दा बढी बिरुवा रोपियो
खजुरा, असार १६ गते । लुम्बिनी प्रदेशका १२ जिल्लामा एकै दिन एक लाख बढी विभिन्न प्रजातिका बिरुवा रोपिएको छ । राष्ट्रिय वृक्षरोपण दिवसका अवसर पारेर शुक्रबार लुम्बिनीका १२ जिल्लामा एकै दिन एक लाखभन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपिएको हो ।
लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका योजना शाखा अधिकृत केशव खड्काले राष्ट्रिय वृक्षरोपण दिवसका अवसर पारेर शुक्रबार प्रदेशका १२ वटै जिल्लाका डिभिजन वन कार्यालयमार्फत विभिन्न प्रजातिका एक लाख पाँच हजार ५६२ बिरुवा रोपिएको जानकारी दिनुभयो ।
खड्काका अनुसार डिभिजन वन कार्यालय नवलपरासीमार्फत चार हजार पाँच सय, रुपन्देहीमार्फत २३ हजार २४०, पाल्पामार्फत १० हजार ६६१, गुल्मीमार्फत छ हजार ४३५, अर्घाखाँचीमार्फत दुई हजार ६३५, कपिलवस्तुमार्फत १२ हजार आठ सय र गौतम बुद्धमार्फत १९ हजार बिरुवा रोपिएको छ ।
डिभिजन वन कार्यालय दाङमार्फत दुई हजार ७८०, देउखुरीमार्फत ७५०, प्युठानमार्फत नौ हजार सात सय, रोल्पामार्फत १० हजार, रुकुमपूर्वमार्फत ७६०, बाँकेमार्फत दुई हजार ६७ र बर्दियामार्फत २१० बिरुवा रोपिएको खड्काले बताउनुभयो । जिल्लास्थित डिभिजन वन कार्यालयमार्फत बिरुवा वितरण गरेर जिल्लाका विभिन्न सामुदायिक वन, तालतलैया तथा सार्वजनिक स्थानमा उक्त बिरुवा रोपिएको उहाँले जानकारी दिनुभयो ।
शाखा अधिकृत खड्काका अनुसार कागती, वीरेन्द्रफूल, अमला, धुपी, इमली, बकाइनो, आँप, लिची, बडहर, अशोक, टिक, चिउरी, खयर, तेजपात, निम, मसला, गुलमोहर, अर्जुन, मौवा, स्मार्ट नेपियर, अम्रिसो राइजोमलगायतका दर्जनौँ प्रजातिका बिरुवा रोपिएको हो ।
डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत नवराज शाहीका अनुसार बाँकेमा भने सौन्दर्यीकरण बढाउन अधिकांश सौन्दर्यवर्धक बिरुवा रोपिएको छ । उहाँका अनुसार केही फलफूलजन्य बिरुवा रोपिए पनि अधिकांश गुलमोहरलगायतका सौन्दर्यवर्धक बिरुवा रोपिएको हो । बाँकेमा राप्तीपीडित सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्र, नेपालगन्ज उपमहानगरपालिका–२२ स्थित कान्तिताल, जिल्ला प्रहरी कार्यालय परिसरलगायतका स्थानमा वृक्षरोपण गरिएको शाहीले जानकारी दिनुभयो ।
हरेक वर्ष राष्ट्रिय वृक्षरोपण दिवसका अवसर पारेर डिभिजन वन कार्यालयले सामुदायिक वन क्षेत्रका खाली ठाउँ, सार्वजनिक स्थल, विभिन्न सरकारी कार्यालयलगायतका स्थानमा लाखौँ बिरुवा रोप्दै आएको छ ।
डिभिजन वन कार्यालय र मातहतका सबडिभिजन वन कार्यालयको नर्सरीमा उत्पादन गरिएका बिरुवा रोप्ने गरिएको छ । यस वर्ष ‘भावी सन्तति र समृद्धिका लागि वृक्षरोपण गरौँ’ भन्ने मूल नाराका साथ वृक्षरोपण गरिएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #एकै दिन एक लाखभन्दा बढी बिरुवा रोपियो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्