खिम्ती बिर्तामा यात्रुवाहक बस दुर्घटना हुँदा १० घाइते
रामेछाप, असार १४ गते । रामेछापको लिखुतामाकोशी गाउँपालिका –६ खिम्ती बिर्तामा यात्रु बाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
शुक्रवार बिहान ८ः४५ बजेको समयमा गैरीबाट सदरमुकाम मन्थलीतर्फ आउँदैगरेको बा ५ ख ५६२५ नम्बरको यात्रुवाहक बस लिखु तामाकोशी गाउँपालिका –६ बिर्ता भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
बसको बायाँ साइडको टायर माटो फिलिङ गरेको कच्ची सडकको बायाँ भागमा फसी सडक भासिएर सडकबाट अन्दाजी २५ मिटर तल खसेको थियो । दुर्घटना हुँदा बसका चालक र मालिकसहित बसमा सवार १० जना घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बस चालक सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका –५ पिस्कर घर भएका ४० वर्षका यादव खत्री, बसका मालिक दोलखाको भीमेश्वर नगरपालिका –५ का ४२ वर्षका दीपक श्रेष्ठ, बसमा सवार रामेछापको लिखुतामाकोशी गाउँपालिका–६ का २१ वर्षीया सबिना श्रेष्ठ उहाँका एक वर्षकी छोरी सुजाता श्रेष्ठ घाइते भएका छन् ।
त्यसैगरी लिखुतामाकोशी गाउँपालिका –६ का ४२ वर्षीया सावित्रा घिमिरे, सोही ठाउँका ५७ वर्षे मानबहादुर श्रेष्ठ, ५० वर्षे टेकबहादुर श्रेष्ठ, १९ वर्षका झलकबहादुर श्रेष्ठ, ४४ वर्षका सङ्खकुमारी तामाङ र ४१ वर्षकी शकुन्तला श्रेष्ठ घाइते भएका छन् ।
घाइते १० जनामध्ये केहीको अवस्था मध्यम रहेको र अधिकांश घाइतेको सामान्य अवस्थामा सदरमुकाम मन्थलीका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । सडकबाट खसेको बस भिरमा रहेका रुखमा अड्किँदा कम क्षति भएको स्थानीयले बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #खिम्ती बिर्तामा यात्रुवाहक बस दुर्घटना हुँदा १० घाइते
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्