अधिकांश क्षेत्र जलमग्न, पूर्व–पश्चिम राजमार्गमा बाढी
सर्लाही, असार १४ गते । शुक्रबार बिहान भएको भारी वर्षापछि सर्लाहीको अधिकांश क्षेत्र जलमग्न भएको छ । बिहान २ बजेदेखि ९ बजेसम्म लगातार परेको पानीपछि दर्जनौँ बस्ती डुबानमा परेका छन् । पानीको निकास नदिई सडक निर्माण गरिँदा अधिकांश ठाउँमा डुबानको समस्या देखिएको हो ।
सडकमै बाढी बग्दा आउजाउ नै प्रभावित बनेको स्थानीयले बताएका छन् । जिल्लाको पूर्व–पश्चिम राजमार्गको विभिन्न स्थानको लच्कामा बाढी आउँदा सवारी ओहोरदोहोर गर्न समस्या भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
ट्राफिक प्रहरी निरीक्षक मदन थापाले नवलपुरस्थित बागवानी केन्द्र अगाडि र हरिवनस्थित बजारमा रहेको लच्कामा बाढी आइरहेकाले पालैपालो सवारी वारपार गराइरहेको जानकारी दिनुभयो । जिल्लाका भित्री सडकमा पनि बाढी आउँदा मोटरसाइकसहितका साना सवारी ओहोरदोहोरमा समस्या भइरहेको स्थानीयले बताएका छन् ।
भारी वर्षापछि जिल्लाको बागमती, बाँके, कालिन्जोर, लखन्देही, फूलजोरलगायतका खोलामा बाढी आइरहेको छ । लालबन्दी नगरपालिका –३ का वडाध्यक्ष वुद्धदेव चौधरीका अनुसार लालबन्दी नगरपालिका –३, जब्दी र ईश्वरपुर नगरपालिका –८, रामपुरलाई जोड्ने फूलजोर खोलाको पुलबाट पैदल र मोटरसाइकलबाहेक अन्य सवारी आउजाउ बन्द भएको छ ।
जब्दीतर्फ पुल छेरको सडक बगाएपछि पुलबाट आवतजावत बन्द भएको वडाध्यक्ष चौधरीले बताउनुभयो । शुक्रबार बिहान जिल्लाको उत्तरी भेगमा सात घण्टासम्म भारी वर्षा भए पनि सदरमुकाम मलङ्गवासहित दक्षिणी भेगमा भने सामान्य वर्षा भएको स्थानीयले बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अधिकांश क्षेत्र जलमग्न, #पूर्व–पश्चिम राजमार्गमा बाढी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्