Techie IT
बिहीबार, कात्तिक २७,२०८३

सडकबिचको पोल हटाउन सुरु


हुम्ला, असार १३ गते । ढलान भएको सदरमुकाम सिमकोटको सडकबिचमा गाडिएको बिधुतका पोलहरु हटाउने काम सुरु भएको छ । बजारको सौन्दर्यकरणमा बाधा पुगेको र यातायातका साधन सञ्चालनमा समस्या भएपछि सिमकोट गाउँपालिकाको अगुवाइमा पोलहरु हटाउन थालिएको हो ।

सिमकोट गाउँपालिका अध्यक्ष बिजय भण्डारीले हाललाई सिमकोट बजारको मुख्य क्षेत्र रहेको एयरपोर्ट चोकदेखि काली चोकसम्मको सडकबिचमा रहेका बिधुतका पोलहरु हटाउने काम सुरु भएको बताउनुभयो । उहाँले यो काम अति आवश्यक रहेकाले बजार क्षेत्रका सबै पोलहरु हटाउनु पर्ने भए पनि पहिलो चरणमा उक्त सडकका पोलहरु हटाइएको बताउनुभयो ।

अब बाँकी पोलहरु पनि चाँडै हटाइने बताउनुभयो । यसले गर्दा बजार क्षेत्रको सौन्दर्यकरणमा अवरोध गर्नुका साथै ढलान भएको सडकमा यातायातका साधन सञ्चालनमा समेत सदस्य देखिएका कारण ती पोलहरु हटाइएको उहाँले बताउनुभयो ।

पहिलो चरणमा सघन शहरी बिकास कार्यालय जुम्लाको आर्थिक सहयोगमा यी पोलहरु हटाइएको हो । यसका लागि सिमकोट गाउँपालिकाले सहजिकरण गरेको थियो । केही समयअघि बोलेरो जीप समेत सडकको बिचमा गाडिएका पोलमा ठोकिएको थियो ।

सिमकोट बजार क्षेत्रका ८० पोलहरु हटाउनु पर्ने बिबरण हिल्दुम बिधुत बितरण केन्द्रले निकालेको छ । अब बाँकी पोलहरु बिधुत प्राधिकरणको आर्थिक सहयोगमा आगामी आर्थिक वर्षबाट सुरु गर्नेगरी तयारी गरिएको केन्द्रले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #सडकबिचको पोल हटाउन सुरु


तपाईको कमेन्ट लेख्नुहोस्