घरेलुको सहयोगमा संखुवासभाका पत्रकारहरुलाई फोटो तथा भिडियोग्राफी तालिम
संखुवासभा । जिल्लाका पत्रकारहरूलाई प्रविधिमा दक्ष बनाउन फोटो तथा भिडियोग्राफी सम्बन्धी तीन दिने आधारभूत तथा क्षमता विकास तालिम सुरू भएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय संखुवासभाको आर्थिक सहयोग तथा नेपाल प्रेस युनियन जिल्ला शाखा संखुवासभाको संयोजनमा मंगलबार देखि फोटो तथा भिडियोग्राफी सम्बन्धी तालिम आयोजना भएको हो ।
प्रविधिको विकाससँगै पत्रकारलाई समयानुकूल दक्ष र आत्मनिर्भर बनाउन फोटो तथा भिडियोग्राफी तालिम आवश्यक भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताउनुभयो । उद्घाटन कार्यक्रममा बोल्दै समन्वय समिति प्रमुख शाक्यले पछिल्लो समय आएका विभिन्न आविष्कार अनुसारको टेक्नोलोजीसँगै अपडेट हुन जरुरी भएको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले पत्रकारहरुले समय अनुकुल अपडेट हुनुपर्ने बताउर्दै आफू पनि पत्रकारिता पेशाबाट नै आएकाले पत्रकारको दुःखहरु बुझेको बताउनुभयो । थपलियाले खोजमुलुक पत्रकारिता गर्न सके जिल्लामा मात्रै नभएर केन्द देखि अन्तर्राष्ट्रियस्तर सम्म धेरै फराकिलो संम्भावना रहेको बताउदै त्यसतर्फ लाग्न अनुरोध समेत गर्नुभयो ।
जिल्लाका सीप तथा तालिमको अभावमा युवापुस्ता विदेशिनु पर्ने बाध्यता छ । जिल्लाका हरेक युवालाई प्रविधिमैत्री बनाउँदै आफ्नै ठाउँमा बसेर व्यावसायिक काम गर्ने वातावरण सिर्जना गर्न फोटो तथा भिडियोग्राफी तालिम आयोजना गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रेमकुमार राईले बताउनुभयो । फोटो तथा भिडियोग्राफीसम्बन्धी आधारभूत तथा क्षमता विकास तालिमले फोटो तथा भिडियोग्राफीमै भविष्य खोजेहरुको लागि थोरै भए पनि सहयोग पुग्ने नेपाल प्रेस यूनियन जिल्ला शाखा संखुवासभाका अध्यक्ष दिपेन्द्र शाक्यले बताउनुभयो ।
फोटो तथा भिडियोग्राफी सम्बन्धी तालिममा जिल्लामा क्रियाशील पत्रकार र फोटो स्टुडियो व्यवसायी गरी करिव ३० जना सहभागी छन् । तालिमको सहजीकरण फोटो पत्रकार द्वारिका काफ्ले र सुशील श्रेष्ठले गर्नुभएको छ । तालिममा जिल्लास्थित विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार तथा फोटो स्टुडियो व्यवसायीलाई पनि सहभागी गराइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##नेपाल प्रेस युनियन, #घरेलु तथा साना उद्योग कार्यालय संखुवासभा, #फोटोग्राफी भिडियोग्राफी तालिम, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्