चट्याङ लागेर कैलालीमा एकको मृत्यु, ४ जना घाइते
कैलाली, असार १२ गते । चट्याङ लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । जिल्लाको जोशीपुर गाउँपालिका–३ भितरीया बस्ने वर्ष ३२ वर्षीय जयराम डगौराको आज बिहान खेतमा काम गरिरहँदा चट्याङ लागेर ज्यान गएको हो ।
बिहान करिब ८ बजेको समयमा घरदेखि तीन सय मिटर पूर्व आफ्नै खेतमा काम गर्ने क्रममा चट्याङ लागेर घाइते भएका डगौराको स्थानीय महापार्वती मेडिकलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय जोशीपुरले जनाएको छ ।
उता, भजनी नगरपालिका ६ महादेउली बस्ने ५५ वर्षीय रामबहादुर चौधरी सोही समयमा चट्याङबाट घाइते हुनुभएको र उहाँको दाहिने हातमा चट्याङ लाग्दा जलेको छ । घाइते चौधरीलाई उपचारका लागि धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, विद्यालय जाने क्रममा जिल्लाको घोडाघोडी नगरपालिका–९ बुदेनीका तीन बालिकाहरू चट्याङ लागेर गम्भीर घाइते हुनुभएको छ । इलाका प्रहरी सुखडका प्रहरी नायब उपरीक्षक दीपेन्द्र पालका अनुसार घाइते हुनेमा ९ वर्षीया सरस्वती भुल, ७ वर्षीया पारु कठायत र १० वर्षीया खिमा कठायत छन् । उहाँहरू अध्ययनरत मोहन्याम आधारभूत विद्यालय बुदेनीको गेटमा पुग्ने क्रममा बिहान चट्याङ लागेको थियो ।
गम्भीर घाइते बालिकामध्ये एक बालिकाको चट्याङ लागेर आन्द्रा बाहिर आएको छ भने, दुई बालिकाको टाउकोमा चोट लागेको प्रहरी नायब उपरीक्षक पालले बताउनुभयो ।
उपचारका लागि घोडाघोडी अस्पताल लगिएका उहाँहरूलाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज रेफर गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #४ जना घाइते, #चट्याङ लागेर कैलालीमा एकको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्