सांसदका कर्मचारीको माग सम्बोधनका लागि तीन सदस्यीय समिति गठन
काठमाडौँ, असार ९ गते । सङ्घीय संसद् सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न तीन सदस्यीय समिति गठन भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको बैठकले थप सेवा, सुविधा लगायतका माग राख्दै आन्दोलनरत कर्मचारीको माग सम्बोधनका लागि कानुन तथा संसदीय मामिला मन्त्री पदम गिरी, सांसदका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थ सचिव मधु मरासिनीलाई जिम्मेवारी दिइएको कानुन मन्त्री गिरीको निजी सचिवालयले जानकारी दिएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, अर्थमन्त्री वर्षमान पन लगायतका नेता सहभागी हुनुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सांसदका कर्मचारीको माग सम्बोधनका लागि तीन सदस्यीय समिति गठन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्