नेपालगन्ज मेडिकल कलेजका कर्मचारीको सात बुँदे माग
नेपालगन्ज, असार ५ गते। लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड नेपालगन्ज मेडिकल कलेजका तीन वटा कर्मचारी युनियनले त्यहाँको व्यवस्थापन समक्ष संयुक्त रूपमा ७ बुँदे मागपत्र पेस गरेका छन्।
उनीहरूले लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड नेपालगन्ज मेडिकल कलेजका कार्यकारी प्रमुख सन्तोष कुमार बिएनलाई सो मागपत्र बुझाएका हुन्।
श्रम ऐन २०७४ को परिच्छेद १९ को दफा ११६ अनुसार प्रत्येक दुई दुई वर्षमा मागपत्र पेस गरेर वार्ता र छलफलबाट आफ्ना माग सम्बोधन गर्ने परिपाटी अनुसार यसपटक पनि मागपत्र पेस गरिएको कर्मचारी सङ्गठनका केन्द्रीय सभापति तथा वार्ता कमिटीका सभापति रत्ना गिरीले बताउनुभयो।
नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगन्जमा कर्मचारीको भेला पश्चात् गरिएको पत्रकार सम्मेलनमा बोल्दै कर्मचारी सङ्गठनका केन्द्रीय सभापति तथा वार्ता टोलीका संयोजक गिरीले व्यवस्थापन पक्षले प्रत्येक वर्ष अहिलेको महँगीलाई मध्यनजर गर्दै तलब भत्ता स्वतः बढाउनु पर्नेमा त्यसो नगरेको हुँदा बाध्य भई मागपत्र पेस गर्नु परेको जनाउनुभयो।
कर्मचारी सङ्घका केन्द्रीय सभापति यमबहादुर खड्काले एक हजार १२ जना भन्दा बढी कर्मचारीको विगत दुई वर्षदेखि तलब भत्ता नबढेको हुँदा मागपत्र पेस गर्नुपरेको बताउनुभयो।
नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष अनिता थापाले युनियनले पेस गरेका ७ बुँदा र ४५ उप बुँदालाई व्यवस्थापन पक्षले पूरा गर्नुपर्ने जनाउँदै महँगीले नेटो काटेको बेलामा स्वतः तलब भत्ता, वृत्ति विकास हुनुपर्नेमा सधैँ आन्दोलन नै गर्नुपर्ने परिपाटीको अन्त्य व्यवस्थापनले गर्नुपर्नेमा जोड दिनुभयो।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेपालगन्ज मेडिकल कलेजका कर्मचारीको सात बुँदे माग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्