Techie IT
बिहीबार, कात्तिक २७,२०८३

कबड्डी प्रतियोगिताको उपाधी टिम चाँगुनारायणलाई


प्रदीप ढकाल ,भक्तपुर
असार  ४, मंगलबार ।  

काभ्रे जिल्ला मण्डनदेउपुर नगरपालिका–७ कुन्ता बेशीमा आयोजित एस्. ई. ई. अन्तर विद्यालय कबड्डी प्रतियोगिताको उपाधी टिम चाँगुनारायणले जितेको छ । कुन्ताबेशी डेडिथुम्का माविको खेल मैदानमा सोमवार भएको फाइनल खेलमा चन्डेनी मावि (बि)लाई२४–२३ अंकले हराउदै टिम चाँगुनारायणले उपाधी माथि कब्जा जमाएको हो । प्रतियोगितामा चन्डेनी मावि (ए)ले भने तेश्रो स्थान हासीलगरेको छ। विजेता चाँगुनारायणले १० हजार र उप विजेता चन्डेनी माविले ५ हजार प्राप्त गर्यो। प्रतियोगिताको उत्कृष्ट रेडर टिमचाँगुनारायणका बुद्ध तामाइ़ं र उत्कृष्ट डिफेण्डर चन्डेनी मावि (बि)का रोजन तामाइ़ं घोषित भए। प्रतियोगिताको समापन समारोहमा विजेता र उपविजेता टिमका खेलाडीहरुलाइ आयोजक मण्डन स्पोर्ट्स क्लबका अध्यक्ष विरस तामाइ़ं , मण्डनदेउपुर नगरपालिकाका उपमेयर विष्णुमणी नेपाल लगाएतले शील्ड , मेडल र प्रमाण पत्र वितरण गरे । असार १ गते देखि मण्डन स्पोर्ट्स क्लबको आयोजना भएको प्रतियोगितामा कुल १० वटा टिमले भाग लिएका थिए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्