सरकार परिवर्तन हुँदैन : प्रधानमन्त्री
भरतपुर, असार ३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका सम्बन्धमा बाहिरी हल्लामा सत्यता नभएको बताउनुभएको छ । भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सरकार राम्रैसँग अगाडि बढ्ने दाबी गर्नुभयो ।
“सरकार अगाडि जान्छ । राम्रैसँग जान्छ । बाहिर कतिपय सन्दर्भमा मिडियामा आउने रियूमरहरुमा कुनै सत्यता छैन । यो समीकरण राम्रैसँग जाने छ”, सरकारमा रहेका दलहरुबाट सरकार प्रति सार्वजनिक असन्तुष्टिका सन्र्दभमा पत्राकारहरुले उठाएको जिज्ञासामा जवाफ दिँदै प्रधानन्त्रीले भन्नुभयो ।
उहाँले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निति तथा कार्यक्रम र बजेटका विषयलाई लिएर दिनुभएको असन्तुष्टिलाई पनि ठुलो रुपमा हेर्न नहुने तर्क गर्नुभयो ।
“केपी ओली जीले पनि असन्तुष्टि जस्तो मात्रै पो गर्नुएभएको हो । असन्तुष्टि नै गर्नुभाछैन नि”, प्रधानमन्त्री प्रचण्डको जवाफ थियो । उहाँले पछिल्लो गठबन्धन सरकारको सय दिन सन्तोष जनक रहेको पनि बताउनुभयो ।
“सरकारको सय दिन समग्र रुपमा सन्तोष जनक र राम्रो नै छ । निति तथा कार्यक्रम र वजेट जनताको पक्षमा राष्ट्रको पक्षमा प्रस्तुत भएको छ । यो राम्रैसग प्रतिनिधी सभावाट पारित हुने छ” उहाँले भन्नुभयो ।
उहाँले सरकारले सुशासन, सामाजिक न्याय र सम्वृद्धिका क्षेत्रमा पनि थुप्रै सकरात्मक पहलहरु अगाडी बढाएको धारणा राख्नुभयो । सरकारका सय दिन सन्तोष जनक रहदा रहदै पनि अझै नजभावना अनुसारका कामहरु भने हुन नसकेको उहाँको भनाइ छ ।
“यो (सरकारको सय दिन ) सन्तोष जनक छ । तर पनि अझै पनि राष्ट्र र जनतको अपेक्षा अनुसार गति दिन आवश्यक छ भन्ने ठानेको छु”, उहाँले स्पष्ट शब्दमा भन्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले राजीनामा खल्तीमा बोकेर हिँडेको भन्दै दिने अभिव्यक्ति उहाँहरुको पहिचानको अभिव्यक्ति मात्रै भएको प्रधानमन्त्रीको टिप्पणी छ ।
“रविजीले सुरुमै भन्नुहुन्थ्यो आफ्नो पहिचानका निम्ति पनि उहाँहरुले यस्तो कुरा भन्नुपर्ने आवश्यकता होला । तर मैले बुझे अनुसार त्यस्तो केही पनि छैन” उहाँले भन्नुभयो ।
उहाँले अहिले आइजिपी पनि परिवर्तन नहुने धारणा राख्नुभयो ।
“अस्ति तीन जना आइजिपीहरुलाई बोलाएरै मैले भनेको छु । अहिले आइजिपी परिवर्तन हुँदैन तपाईहरु ढुक्कसँग काम गर्नुस् भनेको छु”, उहाँले पत्रकारहरुसँग पनि भन्नुभयो, “आइजिपी परिवर्तन हुन्छ भन्ने कुरा रुमर मात्रै हो ।”
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सरकार परिवर्तन हुँदैन : प्रधानमन्त्री
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्