चीनको सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती
सुलीकोट, असार १ गते । भर्खरै मात्र स्थापना भएको उत्तरी गोरखाको बोर्डर आउट पोस्ट (बिओपी ) को टोली र चिनियाँ सुरक्षाकर्मीको टोलीले पहिलो पटक संयुक्त रूपमा सुरक्षा गस्ती गरेको छ ।
शुक्रवार दुई देशका सुरक्षाकर्मी बिच अनौपचारिक छलफल गर्दै सीमा क्षेत्रमा अवाञ्छित गतिविधिमा पूर्ण रूपमा निषेध गरेर जानेमा छलफल भएको सशस्त्र प्रहरी कार्यालय गोरखाका प्रमुख सुमन बोगटीले जानकारी दिनुभयो । उहाँका अनुसार उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका – १ को साम्दोमा स्थापित बिओपिमा खटिएका सशस्त्र प्रहरी टोली र चिनियाँ प्रहरी टोलीले रोइला भन्ज्याङ स्थित ३५ नम्बर सीमा स्तम्भ आसपासमा संयुक्त रूपमा गस्ती गर्दै दुई देशका सुरक्षाकर्मी बिच नियमित सम्पर्क र समन्वयमा आपराधिक गतिविधिलाई पूर्ण रूपमा निस्तेज पार्ने सहमति बनेको सशस्त्र प्रहरी गोरखाका प्रमुख बोगटीले बताउनुभयो ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका – १ साम्दोमा रहेको रुइला भञ्ज्याङ नाका नेपाल र चीन बिच आवतजावत गर्ने मुख्य नाका भएकाले सरकारले बिओपी स्थापना गरेको हो । यस नाका उत्तरी गोरखाका बासिन्दाहरू आफूलाई चाहिने सर सामान रोइला भञ्ज्याङ हुँदै ल्याउने गरेकोमा विगत ५ वर्ष देखि यो नाका बन्द अवस्थामा रहेको छ ।
नेपाल सरकारले जेठ १३ गते साम्दोमा बिओपी स्थापना गरे सँगै दुई देशका सुरक्षाकर्मी बिच पहिलो पटक सौहार्दपूर्ण वातावरणमा सकारात्मक छलफल भएको सशस्त्र प्रहरी गुल्म गोरखाले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #चीनको सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्