Techie IT
बिहीबार, कात्तिक २७,२०८३

भक्तपुर यूनाइटेडले हात पार्यो तेस्रो स्थान


प्रदीप ढकाल ,भक्तपुर
जेष्ठ ३१, बिहिवार ।

भक्तपुर जिल्ला फुटबल संघ (एन्फा) को आयोजनामा भइरहेको भक्तपुर जिल्ला लिग २०८०।०८१ मा भक्तपुर यूनाइटेड फुटबल क्लबतेस्रो भएको छ। भक्तपुर बहुमुखी क्याम्पसको फुटबल मैदानमा बिहिवार दिउँसो तेस्रो स्थानको निम्ति भएको खेलमा भक्तपुर यूनाइटेडफुटबल क्लबले मध्यपुर जागरुक फुटबल क्लबलाई सडेन डेथमा ७–६ गोल अन्तरले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो।खेलको निर्धारित समयमा १–१ गोलको बराबरी भएको थियो।  तेस्रो स्थान हासिल गरेको भक्तपुर यूनाइटेडले नगद २५ हजार हातपार्यो। खेलको म्यान अफ दी म्याच भक्तपुर यूनाइटेड फुटबल क्लबका गोल रक्षक अजय बासुकला घोषित भए।

प्रतियोगितामा जम्मा ९ क्लबको सहभागिता रहेको र प्रतियोगिताको बिजेताले नगद १ लाख तथा उपविजेताले नगद ५० हजार पाउने पनिआयोजकले जनाएको छ। प्रतियोगिताको फाइनल खेल भक्तपुर बहुमुखी क्याम्पसको फुटबल मैदानमा शनिबार दिउसो ११ बजे हुनेसमेत आयोजकले जनाएको छ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्