संखुवासभामा बाढीले ३ घर बगायो, विभिन्न स्थानमा क्षति, (तस्बिर सहित)
खाँदबारी, – संखुवासभाको खाँदबारी नगरपालिकाका बिभिन्न स्थानमा गएको बाढी पहिरोले ३ घर बगाएको छ । करिव एकसय २५ भन्दा बढी घर विस्थापित भएका छन् । पहिरोले खाँदबारी ११ आङ्ला गाउँमा तीन घर बगाएको हो । बुधबार राति अबिरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताउनुभयो । पहिरोमा परेर मणिप्रसाद राई घाइते भएका छन् । त्यस्तै चट्याङ लागेर चिचिला गाउँपालिका–२ आहालेकी सावित्रा गुरुङको मृत्यु भएको छ ।

खाँदबारी नगरपालिका ५ र ६ नम्बर वडामा आएको बाढीले कुलो बगौदा खेतिकिसानी गर्ने कम्तिमा १ सय १० परिवार प्रभावित भएको ६ न वडाका अधक्ष्य अर्जुन कुमार तामांगले बताउनुभयो । खेत र बारीमा ठूल्ठूला ढुंगा थुप्रिएर बगरमा परिणत भएका छन् । डुङ्डुगे आकाशे सिंचाई र हिंगुवा कुलो सिंचाईमा बाढी पसेपछि ती परिवार जोखिममा परेका हुन् । धुपू बाह्रबीसे जोड्ने माल्टा खोला माथिको पक्कि पुल जोखिममा परेको छ । खाँदबारी–४ सेकाहामा चार घर पहिरोबाट विस्थापित बनेका छन् । पहिरोबाट विस्थापित बनेकाहरु छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् । पीडितहरु राहतको भन्दा पनि दिर्घकालिन समस्या समाधानको पर्खाईमा बसेका छन् ।

बर्षा धेरै भएकाले नदी किनारा, भीरपहरामा बसेकालाई सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालय संखुवासभाले आग्रह गरेको छ । उद्धारका लागि सुरक्षा संयन्त्रलाई तयारी अवश्थामा राखिएको जिल्ला विपत व्यवस्थापन समितिले जनाएको छ । बाढीले कम्तिमा ३ करोढ बढीको क्षति पारेको अनुमान गरिएको छ । क्षतिको तथ्यांक भने गाउँस्तरमा भइरहेको छ ।
त्यस्तै, अविरल बर्षाको कारण चिचिला, मकालु र भोटखोला गाउँपालिका जोड्ने कोशी राजमार्ग अन्तर्गत मुढे–नुम र ठुलोढुंगा –अरुणथान सडकखण्डमा भएको अवरुद्ध हटाउने प्रयास भइरहेको छ ।

क्याटेगोरी : फोटो फिचर, समाचार
ट्याग : #hot, #खाँदबारी नगरपालिका, #बाढी पहिरो, #बिस्थापित, #माल्टा, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्