गर्मी बढेपछि घोराहीमा दुई दिन विद्यालय बन्द
घोराही, जेठ ३० गते । दाङमा गर्मी बढेपछि घोराही उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । दाङको घोराही उपमहानगरपालिकाले बुधबार सूचना प्रकाशित गर्दै वर्षे बिदाबाट कट्टी हुने गरी यहि जेठको ३१ र ३२ गतेका दिन विद्यालयहरुलाई बिदा दिने निर्णय गरेको हो ।
घोराही उपमहानगरपालिकाको शैक्षिक क्यालेण्डर अनुसार साउन महिनाको १७ र १८ गतेको बिदा कट्टी हुने अहिले विद्यालय बन्द गर्ने निर्णय गरिएको घोराही उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले जानकारी दिनुभएको छ ।
केही दिनयता बढेको अत्यधिक गर्मीका कारण विद्यालयमा अध्ययनरत विद्यार्थीहरु बिरामी पर्न थालेको सूचना आउन थालेपछि विद्यालयमा सार्वजनिक विदा दिइएको प्रमुख प्रशासकिय अधिकृत केसीले जानकारी दिनुभएको छ ।
जिल्लामा बढेको अत्यधिक गर्मीका कारण बुधबार तुलसीपुर उपमहानगरपालिका ११ स्थित अमर मावि उरहरीमा ६ जना विद्यार्थी बिरामी बेहोस भएका थिए । जल तथा मौसम विज्ञान कार्यालय घोराहीका अनुसार बुधबार जिल्लामा ४० डिग्रीसम्म तापक्रम मापन गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गर्मी बढेपछि घोराहीमा दुई दिन विद्यालय बन्द
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्