दुर्घटना न्यूनीकरण गर्न विद्यार्थीद्वारा जेब्रा क्रसिङ निर्माण
कावासोती, जेठ ३० गते । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले नेपाल विद्यार्थी सघ लुम्बिनी आदर्श माबिले कावासोती नगरपालिकाका विभिन्न ठाउँमा जेब्रा क्रसिङ निर्माण थालेको छ । जिल्ला ट्राफिक कार्यलयसँग सम्वन्वयन गरी कावासोती नगरपालिकाका भित्री सडकमा रहेका विद्यालयहरू र चोकमा नेविसंघले जेब्रा क्रसिङ निर्माण गरेको हो ।
बढी भिडभाड हुने र सडकमा जेब्रा क्रसिङ नहुँदा दुर्घटना बढ्न थालेपछि विद्यार्थीलाई सजिलो होस् भनेर बाटो क्रस गर्ने स्थानलाई मध्य नजर गर्दै जेब्रा क्रसिङ निर्माण गरिएको आयोजक समितिका सभापति सुजल अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “कावासोती नगरपालिका २ को बि.पि चोक, कुमारवर्ती बहुमुखी क्याम्पस कावासोती ८ र लुम्बिनी आर्दश डिग्रीकलेज को भित्री सडक गरी चार ठाउँमा जेब्रा क्रसिङ निर्माण गरिसकिएको छ । अब कावासोती नगर भित्रका १५ विद्यालयहरू र चोकमा जेब्रा क्रसिङ्ग बनाइने छ ।’’
जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रमुख अच्यूतराज आर्चायले विद्यालय, बजार क्षेत्र र बढी भिडभाड हुने क्षेत्रमा जेब्रा क्रसिङ निर्माण गरिएपछि दुर्घटना न्यूनीकरणमा सघाउ पुग्ने बताउनु भयो । जेब्रा क्रसिङबाट मात्रै सडक पार गर्नका लागि जनचेतनामूलक कार्यक्रमलाई अभियानका रुपमा अगाडि बढाउने ट्राफिक प्रहरीको योजना छ । यात्रुले बाटो क्रस गर्ने क्रममा तीव्र गतिमा आएका सवारी साधनले नदेखेर दुर्घटना हुनसक्ने भएकाले जेब्रा क्रसिङ निमार्ण गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो ।
जिल्ला अध्यक्ष हरि सुवेदी, नेविसंघ पूर्व केन्द्रीय सदस्य आर.सि भट्टराई, पूर्व जिल्ला उपाध्यक्ष लक्षु रिजाल, जिल्ला सदस्यहरू जितु खड्का, हुमन पाण्डे, सुदिप चापागाईं, नगर सभापति कुमार क्षेत्री, लुम्बिनी कलेज सभापति प्रज्वल क्षेत्री लगाएत जेब्रा क्रसिङ निमार्ण मा खटिनु भएको छ । कावासोती नगर मात्र नभइ आगामी दिनमा समेत यस्ता गतिविधिलाई जिल्लाका विभिन्न ठाउँमा निरन्तरता दिने जिल्ला अध्यक्ष हरि सुवेदी जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दुर्घटना न्यूनीकरण गर्न विद्यार्थीद्वारा जेब्रा क्रसिङ निर्माण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्