पानी आउँदैन शुल्क तिर्नै पर्छ
मुगु, जेठ ३० गते । जिल्ला सदरमुकाम गमगढीवासी हरेक वर्ष खानेपानीको समस्या भोग्दै आएका छन् । खानेपानीको व्यवस्थापनमा सरोकारवाला निकायको लापर्बाहीका कारण जिल्ला सदरमुकाम गमगढी बजार काकाकुल बन्दै गएको छ । जिल्ला सदरमुकामतर्फ बसाइँसराइ हुने क्रम बढेसँगै दिनप्रतिदिन खानेपानीको माग बढ्दो छ । यद्धपि हालसम्म सदरमुकाम गमगढीको खानेपानी आपूर्तिका लागि भरपर्दो पहल हुन सकेको छैन । बर्खाका बेलासमेत पानी अभाव हुने गरेकाले यहाँका बासिन्दा हिउँद, बर्खामै पीडित हुने गरेका छन् ।
छायानाथ रारा नगरपालिका–२ का स्थानीय विनोदकुमार मल्लले सात वर्षदेखि सदरमुकाममा कहिल्यै पनि पुग्ने गरी खानेपानी पाउन नसकेको बताउनुभयो । पर्याप्त मात्रामा खानेपानी नआउँदा खानेपानीको अभावमा नुहाउन तथा कपडा धुन चैनखोला, नाउँलगायतका क्षेत्रमा जाने गरेको उहाँले बताउनुभयो । अचेल यहाँ खानेपानी धारामा बढीमा १५ मिनेट मात्रै पानी चुहिने गरेको छ । यद्धपि धारामा पानी आए पनि, नआए पनि सेवाग्राहीले मासिक दुई सय रुपियाँ खानेपानी शुल्क तिर्दै आइरहेका छन् ।
अरू बेला त खानेपानीको समस्या भए पनि बर्खाका बेला पनि अभाव नहुनु पर्ने भनाइ उहाँको छ । खोला खोल्सामा आउने पहिरो, गाईवस्तु चराउने व्यक्तिले पानीका लाइन काट्ने भएकाले बर्खाको समयमा पनि पानी अभाव हुने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पानी आउँदैन शुल्क तिर्नै पर्छ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्