Techie IT
बिहीबार, कात्तिक २७,२०८३

मिलन धर्मस्थली स्कुलको आयोजनामा दोस्रो एमडिएस कप अन्तर्गत फुटसल प्रतियोगिता हुने


जेठ, काठमाडौं । तारकेश्वर २ मा अवस्थित मिलन धर्मस्थली स्कुलको आयोजनामा दोस्रो एमडिएस कप अन्तर्गत फुटसल प्रतियोगिता हुने भएको छ । आज एक पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमबारे जानकारी दिइएको थियो । कार्यक्रममा मिलन धर्मस्थली स्कुलका प्राचार्य जयराम लामिछानेले कार्यक्रमबारे जानकारी दिनुका साथै टाइसिल्ट गरी विद्यालयहरुको समुह गोलाप्रथाबाट छनौट गरिएको थियो ।

फुटसल प्रतियोगितामा टोखा, तारकेश्वर र काठमाडौं महानगरमा रहेका २४ विद्यालयहरुको सहभागिता रहनेछ । प्रतियोगितामा ३ सामुदायिक विद्यालयहरु सहभागी भएका छन् । जसमा काभ्रेस्थली मा.वि., फुटुङ मा.वि. र साङ्ला बालकुमारी मा.वि.ले सहभागिता जनाएका छन् ।

कार्यक्रमको आयोजक विद्यालय मिलन धर्मस्थली मा.वि., ग्रिन हिल्स एकेडेमी, सनफ्लावर एकेडेमी, ल्याण्डमार्क एकेडेमी, अरुनी इङलीस बोडिङ स्कुल, दिव्या ज्ञान स्कुल, एलिगेन्ट पर्ल स्कुल, कान्तिपुर इङलीस बोडिङ स्कुल, युनाइटेड स्कलर्स एकेडेमी, मेगा पव्लिक स्कुल, कौशल हाई स्कुल, सेक्रेट हार्ट स्कुल, अष्ट विद्या मन्दिर, एजु समिट, न्यू एरा एकेडेमी, एमएटी ग्लोरी, ज्ञानमन्दिर, स्प्रिङ भ्याली, फ्युचर स्टार स्कुल, नर्थ भ्याली स्कुल, रोजमेरी स्कुल रहेका छन् ।

कार्यक्रममा सहभागी हुने विद्यालयका लागि ५ हजार शुल्क लाग्नेछ । प्रथम पुरस्कार १५ हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र रहेको छ । दोस्रो हुनेलाई १०) हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र, तेस्रो हुनेलाई ५ हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र र बेस्ट प्लेयर, बेस्ट गोलकिपरले पनि पुरस्कार पाउनेछन् ।

कार्यक्रम आयोजक विद्यालय मिलन धर्मस्थली स्कुलको फुटसल ग्राउण्डमा भोली १० बजे नगर प्रमुख कृष्णहरि महर्जनले उद्घाटन गरी सुरु हुनेछ । फाइनल गेम भने पर्सि मात्र हुनेछ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्