व्यक्तिगत स्वार्थको लागि नियम मिच्ने प्रवृत्ति देखियो : केपी ओली
काठमाडौं, २७ जेठ । पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत स्वार्थको लागि प्रकृति र जीवनका नियमहरुलाई पनि मिच्ने प्रवृत्ति देखिएको बताउनु भएको छ ।
काठमाडौंमा आइतबार आयोजित स्वयंसेवक, स्वास्थ्यकर्मी तथा कलाकारलाई धन्यवाद तथा सम्मान कार्यक्रममा उहाँले आज मानिसहरु अझ विद्वान र चलाख हुँदै गइरहेको अवस्थामा त्यो सँगै स्वार्थका लागि प्रकृति र जीवनका नियमहरुलाई पनि मिच्ने प्रवृत्ति देखिएको बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘आज मानिस अझ विद्वान र चलाख हुँदै गइैरहेका छन् । र त्यो सँगै स्वार्थी पनि भईरहेका छन् । त्यो स्वार्थले प्रकृतिका नियमहरु त्यो स्वार्थले कहिँकहिँ स्वार्थवस् जीवनका नियमहरुलाई पनि मिच्न खोजेको होकी जस्तो लाग्छ । त्यसैले पनि यो अवस्थामा आफ्नो इच्छाले गर्ने स्वयंसेवा महत्वपूर्ण छ ।’
अध्यक्ष ओलीले स्वयंमसेवा पवित्र र पुण्य कार्यमा महान उद्देश्य भएका कार्यमा गरिने भन्दै पछिल्लो समय अन्धविश्वासले पनि स्वयंमसेवामा प्रेरित भएको देखिएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘स्वयंमसेवा पवित्र कार्यमा पुण्य कार्यमा महान उद्देश्य भएका कार्यमा गरिने हो । अलिक बर्ता अन्धविश्वासले पनि स्वयंमसेवामा प्रेरित भएको देखिन्छ । अलिक बर्ता बहकिएर पनि स्वयंमसेवा गरेको देखिन्छ । जे सुकै भएर गरेता पनि स्वयंमसेवाले मानिसको मन मष्तिष्कलाई पवित्र बनाउने काम चाँही गर्छ । हामी कुनै अन्यौलमा होइन् । मन मष्तिष्कबाट स्वयंमसेवा गर्नुपर्छ ।’
उहाँले पार्टीभित्र हुने प्राय कामहरु पार्टीका सदस्यहरुको स्वयंसेवाबाट नै हुने गरेको जिकिर गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #व्यक्तिगत स्वार्थको लागि नियम मिच्ने प्रवृत्ति देखियो : केपी ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्