Techie IT
आईतबार, वैशाख १३,२०८३

काठमाडौँ महानगरपालिकाको नगर सभा जेठ ३२ गते हुँदै


काठमाडौँ, जेठ २५ गते । काठमाडौँ महानगरपालिकाको १५ औँ नगर सभा जेठ ३२ गते हुने भएको छ । प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले शुक्रवार सूचना प्रकाशन गर्दे  राष्ट्रिय सभागृहको सभा हलमा दिउँसो १ बजे नगर सभा आयोजना गरिएको जनाएको छ ।

काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको संवत् २०८१ जेठ १८ गतेको ३२औँ बैठकको निर्णयअनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ र बागमती प्रदेश सभाबाट जारी भएको गाउँ नगर जिल्ला सभा सञ्चालन (कार्यविधि) ऐन, २०७५ को दफा ३ बमोजिम नगर सभा आयोजना गरिएको महानगरले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौँ महानगरपालिकाको१५०० कर्मचारी


तपाईको कमेन्ट लेख्नुहोस्