चौतर्फी घेराबन्दीको बीच एमाले मजबुत शक्ति बन्यो : ईश्वर पोखरेल
नुवाकोट, २३ जेठ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चौतर्फी घेराबन्दीको बीच नेकपा (एमाले) मजबुत शक्ति बनेको बताउनुभएको छ ।
एमाले नुवाकोटको आठौँ जिल्ला अधिवेशनको लिखु गाँउपालिका-२ ढिकुरेमा मंगलबार उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले गत प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अस्वभाविक गठबन्धन गरेर एमालेलाई सिध्याउन बनाएका योजना असफल भएको बताउनुभएको हो ।
‘जनताबाट पाएको साथको उपयोग गरेर आगामी दिनमा जस्तोसुकै कठिन परिस्थितिमा विपक्षीलाई परास्त गर्नसक्ने संगठन बनाउन नेता–कार्यकर्ता लाग्नुपर्छ’, उहाँले भन्नुभयो, ‘नेतृत्व चयनमा लोकप्रिय व्यक्ति चुन्न, पार्टी सदस्यता दोब्बरले वृद्धि गर्न र जनताको मागअनुसार सेवा पुर्याउन केन्द्रित हुनुपर्छ ।’
‘सुखी नेपाली : समृद्ध नेपाल’ एमालेको लक्ष्य भएकाले विकास निर्माणका गतिविधि, उत्पादन र रोजगारीमार्फत त्यसलाई पूरा गर्न एमालेकै नेतृत्वमा सरकार गठन हुनुपर्ने उहाँको भनाइ छ । व्यवस्था परिवर्तनका लागि अधिकारको लडाइँ टुङ्गिएकाले अब भ्रष्टाचार, अनियमितता, बेथिती तथा समाजका कुरीतिविरुद्ध लडनुपर्ने धारणा राख्नुभयो । उहाँले रोकिएका विकास निर्माणका काममा नेतृत्व लिएर जनताको सेवामा लाग्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिनुभयो ।
मंगलबारदेखि सुरु भएको एमाले नुवाकोटको आठौँ अधिवेशनअन्तर्गत बुधबारदेखि बन्दसत्रमार्फत नयाँ नेतृत्व चयन हुने वर्तमान जिल्ला अध्यक्ष बद्री मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार अधिवेशनले जिल्ला अध्यक्ष, उपाध्यक्ष, सचिव, एकजना महिलासहित दुईजना उपसचिवसमेत गरी एकसय पाँच सदस्यीय नयाँ जिल्ला कमिटी चयन गर्नेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #चौतर्फी घेराबन्दीको बीच एमाले मजबुत शक्ति बन्यो : ईश्वर पोखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्