पृथ्वीराजमार्ग एक तर्फी सूचारु
जेठ २० गते । पृथ्वी राजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा पहिरो खसेर अवरुद्ध भएको राजमार्ग सूचारु भएको छ ।
पहिरोलाई पन्छाएर आइतबार बिहान ११ बजेबाट एकतर्फी सूचारु गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक (डिएसी) दीपककुमार रायले जानकारी दिनुभयो ।
मुग्लिन–पोखरा सडक विस्तारका क्रममा खनिएको भित्तो शनिबार राती परेको वर्षाले पहिरो जाँदा राजमार्ग अबरुद्ध भएको थियो । मुग्लिन–पोखरा राजमार्ग विस्तार अन्तर्गत पूर्वी खण्डको डोजर प्रयोग गरेर पहिरो पन्छाएर सूचारु गरिएको रायले जानकारी दिनुभयो ।
शनिबार साँझ ७ बजे पहिरो खसेर अवरुद्ध भएको उक्त खण्ड राति १२ बजेदेखि सञ्चालनमा आए पनि शनिबार बिहान ५ बजे पुनः पहिरो खसेको थियो । सो क्षेत्रमा पहिरोको जोखिम रहेको प्रहरी नै परिचालन गरेर एक तर्फीबाट यातयात सूचारु गरिएको प्रनाउ रायले जानकारी दिनुभयो । रायले भन्नुभयो, ‘‘वर्षाले गर्दा माटो गलेकोले पहिरो जुनसुकै बेला पनि खस्न सक्ने जोखिम भएकोले एकतर्फीबाट सञ्चालनमा ल्याएका छौं ।’’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पृथ्वीराजमार्ग एक तर्फी सूचारु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्