Techie IT
बिहीबार, कात्तिक २७,२०८३

नौ दिनदेखि महिला बेपत्ता


ढल्केबर, जेठ १४ गते । धनुषाको ढल्केबरबाट एक जना महिला नौ दिनदेखि बेपत्ता भएकी छन् । मिथिला नगरपालिका–६, ढल्केबरका श्रीराम यादवकी ४३ वर्षीया श्रीमती सुभद्रा भन्ने मनकुमारी यादव नौ दिनदेखि बेपत्ता हुनुभएको हो ।

जेठ ६ गते दिउँसोबाट उहाँ बेपत्ता रहेको उहाँको श्रीमान यादवले बताउनुभयो । कोही कसैलाई कुनै जानकारी नदिई घर छोडेर हिँडेको र खोजतलास गर्दा पनि फेला नपरेको उहाँको भनाइ छ ।

उहाँले बेपत्ता श्रीमती सुभद्राको खोजतलास गरिदिन इलाका प्रहरी कार्यालय ढल्केबरमा उजुरी दिनुभएको छ ।

सुभद्राको खोजीका लागि उजुरी आएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक राजकिशोर साहले बताउनुभयो । उहाँले बेपत्ता सुभद्राको खोजतलास भइरहेको जानकारी दिनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #नौ दिनदेखि महिला बेपत्ता


तपाईको कमेन्ट लेख्नुहोस्