अध्यक्ष सिरोहियालाई अदालत उपस्थित गराइँदै
ढल्केबर, जेठ १४ गते । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई सोमबार अदालत उपस्थित गराइँदै छ ।जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका उहाँलाई तेस्रो पटक म्याद थपका लागि जिल्ला अदालत धनुषामा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी हिरासतमा रहनुभएका अध्यक्ष सिरोहियाको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार राती अस्पताल भर्ना गरिएको थियो । टाउको दुख्ने तथा रिँगटा लाग्ने समस्या देखिएपछि उहाँलाई राती ९ बजे प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । त्यहाँ अवस्था गम्भीर हुँदै गएपछि जनकपुरकै काव्या अस्पतालमा रेफर गरिएको थियो । उहाँ अहिले पनि त्यही अस्पतालमा उपचाररत हुनुहुन्छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले अध्यक्ष सिरोहियालाई अदालतमा उपस्थित गराउने बताउनुभयो । उपचाररत उहाँको स्वास्थ्य जाँच भइरहेको र स्वास्थ्य परीक्षणपश्चात् अदालतमा उपस्थित गराउने उहाँले जानकारी दिनुभयो ।
नागरिकता सम्बन्धित कसुर मुद्दामा पक्राउ परेका अध्यक्ष सिरोहियालाई शुक्रबार दोस्रो पटक म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो । जिल्ला न्यायधीश रोमाकान्त ज्ञवालीको इजलासले उहाँलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि थप तीन दिनको म्याद थप गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अध्यक्ष सिरोहियालाई अदालत उपस्थित गराइँदै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्