Techie IT
बिहीबार, कात्तिक २७,२०८३

बुढानिलकण्ठ नगरपालिकाका मेयर र तीन जना वडाध्यक्षलाई एक महिना कैद सजाय


काठमाडौँ – काठमाडौं जिल्ला अदालतले बुढानिलकण्ठ नगरपालिकाका मेयर र तीन जना वडाध्यक्षलाई एक महिना कैद सजाय सुनाएको छ।

अदालतले मेयर मिठाराम अधिकारी, वडाध्यक्षहरू नवराज भट्टराई, सुमन तामाङ र चन्द्रमान श्रेष्ठलाई कैद सजाय सुनाएको हो। बुढानिलकण्ठ नगरका स्थानीयले आफ्नो निजी जग्गामा स्थानीय सरकारले प्रयोग गरेको तर त्यहाँबाट नहटेको भन्दै अदालतमा निवेदन दिएका थिए। अदालतले जग्गा छाड्न आदेश दिइसकेको थियो। तर त्यस आदेशको पनि अवज्ञा गरेको भन्दै पीडितले जिल्ला अदालतमा अवहेलनाको निवेदन दायर गरेका थिए।

अदालतले गरेको फैसलाको सम्मान नगरी अवज्ञा गरेको भन्दै शुक्रबार बसेको जिल्ला अदालतका न्यायाधीश डा। राजेन्द्रकुमार आचार्यको इजलासले चार जनालाई एक महिनाको कैद सजाय सुनाएको हो।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बुढानिलकण्ठ नगरपालिकाका मेयर र तीन जना वडाध्यक्षलाई एक महिना कैद सजाय


तपाईको कमेन्ट लेख्नुहोस्