यार्सा टिप्न गएका बेला डोल्फु गाउँनै लुटियो
जेठ । मुगुम कार्मारोङ गाउँँपालिका–१ डोल्फु गाउँमा हतियारधारी समूहले लुटपाट गरेको छ । गाउँका अधिकांश मानिसहरु यार्सागुम्बा संकलन गर्न पाटन गएको मौका छोपी हतियारधारी समूहले शनिबार साँझ लुटपाट गरेको हो ।
गाउँमा बुढाबुढी र अशक्त रहेको अवसर पारेर लुटेरा समूहले डोल्फु गाउँमा रहेका ५० घरमध्ये २३ घरबाट नगद, गहना, सरसामानलगायत चोरी गरेको मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिनुभयो ।
बन्दुक, खुकुरीसहित आएको हतियारधारी समूहले घर फोडेर त्यहाँ रहेका सुन, चाँदी, पुराना भाँडाकुँडा, जडीबुटी, लत्ताकपडालगायत सामान लुट्नुका साथै गाउँमा भाएका कुकुर र गुम्बाका पुजारीलाईसमेत कुटपिट गरेको अध्यक्ष लामाले जानकारी दिनुभयो ।
‘२३ घरमा लुटपाट गरेछन् । गाउँमा रहेका गुम्बाका पुजारी र कुकुरहरुलाई लुटेरा समूहले मणासन्न हुने गरी कुट्पिट गरेछन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गर्ने छ ।’ मुगुम कार्मारोङ–१ का वडाध्यक्ष कार्मा तुन्डुक लामाले गाउँमा भएको लुटपाटबारे प्रहरीलाई जानकारी गराउनुभएको थियो ।
जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसिले घटना सत्य भएको र यथार्थ बुझ्न घटना स्थलबाट ५ घण्टा तल रहेको पुलु प्रहरी चौकिबाट प्रहरिको टोली पठाइएको जानकारी दिनुभयो । यस्तै, जिल्ला प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले घटनास्थल सञ्चारको पहुँचभन्दा टाढा भएकाले त्यहाँ गएका प्रहरीसँग सम्पर्क गर्न कठिन भएको उल्लेख गर्दै आज साँझसम्म सत्य तथ्य बाहिर आउने बताउनुभयो ।
मुगुम कार्मारोङ गाउँँपालिकाले यही जेठ १५ गतेदेखि यार्सागुम्बा संकलनका लागि अनुमति दिएसँगै त्यहाँका स्थानीय गाउँ छाडेर यार्सागुम्बा संकलनका लागि हिमाली भेगतर्फ गएका थिए । विगत वर्षहरुमा पनि जुम्लाका पातारासी, पटमारा लगायत बस्तीहरुबाट हरियारधारी समूह आएर मुगुका स्थानीयसँग झगडा गर्ने तथा यार्सा लुटेर लाने गरेको घटना भएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #यार्सा टिप्न गएका बेला डोल्फु गाउँनै लुटियो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्