Techie IT
बिहीबार, कात्तिक २७,२०८३

कैलाश सिरोहिया अस्पताल भर्ना


धनुषा, १२ जेठ । नागरिकता किर्ते मुद्दामा पक्राउ पर्नुभएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना हुनुभएको छ ।

चार दिनदेखि प्रहरी हिरासतमा रहनुभएका उहाँ शुक्रबार राति काव्या अस्पतालमा भर्ना हुनुभएको हो ।

उच्च रक्तचाप र टाउको दुखाइ बढेपछि उहाँ अस्पताल भर्ना हुनुभएको बताइएको छ ।

उहाँलाई सुरुमा जनकपुरस्थित प्रादेशिक अस्पताल लगिएको र त्यहाँबाट काव्या अस्पताल रिफर गरिएको बताइएको छ ।

सिरोहिया भर्ना भएको काव्या अस्पताल सुविधासम्पन्न मानिन्छ । सहज बसाइकै लागि उहाँ काव्या अस्पतालमा भर्ना भएको बुझिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कैलाश सिरोहिया अस्पताल भर्ना


तपाईको कमेन्ट लेख्नुहोस्