धनगढीमा हरियाली प्रवर्द्धन कार्यक्रम सुरु
धनगढी, जेठ ८ गते । धनगढी उपमहानगरपालिकाले तेस्रो चरणको हरियाली प्रवर्द्धन कार्यक्रम सुरु गरेको छ । धनगढी नगर क्षेत्रलाई स्वच्छ बनाउने उद्देश्यका साथ उपमहानगरपालिकाले तेस्रो चरणको हरियाली प्रवर्द्धनको कार्यक्रम अगाडि बढाएको हो । यो अभियानअन्तर्गत विभिन्न प्रजातिको साढे पाँच हजार विरुवा रोप्ने लक्ष्य रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले बताउनुभयो ।
यसअघि, धनगढी उपमहानगरपालिकाले दुई चरणको हरियाली प्रवर्द्धन कार्यक्रममार्फत नगरको छ लेन सडक, हुलाकी राजमार्गको मेडियनमा वृक्षारोपण गरिसकेको छ । यहि अभियानका कारण हालैमात्रै धनगढी उपमहानगरपालिकाले प्रकृति संरक्षण पुरस्कारसमेत प्राप्त गरेको छ ।
धनगढी उपमहानगरपालिका–१ स्थित हुलाकी सडकको खण्ड ‘घ’ मा वडा अध्यक्ष सन्तोष मुडभरीले वृक्षारोपण गरेर तेस्रो चरणको हरियाली प्रवर्द्धन कार्यक्रमको उद्घाटन गर्नुभयो ।
तेस्रो चरणअन्तर्गत हुलाकी सडकको दुवैतर्फ वडा नम्बर २ देखि १४ को फूलबारीसम्म, विमानस्थल सडक, चक्रपथमा विरुवा रोपिने जनाइएको छ । रोपिएका विरुवा संरक्षणका लागि ट्रि–गार्ड राख्नुका साथै मलजल, गोडमेल गर्ने लगायतका कार्य हुने जनाइएको छ । यसअघि सञ्चालित दुई चरणको अभियानबाट पाँच हजार बढी विरुवा रोपिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #धनगढीमा हरियाली प्रवर्द्धन कार्यक्रम सुरु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्