मोबाइल एप्सबाटै मेट्रो कलेजकाे भवन उद्घाटन
तुलसिपुर, जेठ ६ गते । तुलसिपुर मेट्रो कलेज बहुप्राविधिक शिक्षालयकाे नवनिर्मित भवनको मोबाइल एप्सबाट उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शङ्कर पोखरेलले कलेजमा अध्ययरत विद्यार्थीहरूले तयार पारिएको मोबाइल एप्सबाट भवनको उद्घाटन गर्नुभएको हो ।
तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको तुलसीपुर मेट्रो कलेज बहुप्राविधिक शिक्षालयमा ३७ जिल्लाका १२ सय विद्यार्थी अध्ययनरत छन् । कलेजका प्रमुख वसन्त आचार्यले २३ जना विद्यार्थीबाट सुरु भएको कलेजमा अहिले १२ सय विद्यार्थी अध्ययनरत छन् । कलेजमा स्नातक तहमा कानुन र डिप्लोमा तहमा ६ वटा र प्रिडिप्लोमा तहमा ३ वटा प्राविधिक विषय अध्यापन भइरहेकाे छ । कलेजमा तुलसीपुर उपमहानगरपालिकाभित्र एसइइ उत्तीर्ण गरेका तीन छात्राले निःशुल्क अध्ययन गरिरहेका छन्।
लुम्बिनी प्रदेशको १८ करोड बजेटमा भवन निर्माण भएको हो । भवन उद्घाटन गर्दै लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शङ्कर पोखरेलले पालिकाको गौरव योजनालाई प्रदेश सरकारले साथ सहयोग गरेको बताउनुभयो । उहाँले पश्चिम नेपालकै शिक्षाको हबका रूपमा विकास गर्न सक्षम रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथिले नेपालको शिक्षामा सीप र क्षमतालाई आत्मसात् गर्न नसक्दा युवा वैदेशिक रोजगारतर्फ उन्मुख रहेको बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले प्रदेशकै अनुकरणीय उदाहरणीय शिक्षालय भएकाले प्रदेश सरकारबाट सहयोग गरिने बताउनुभयो । कार्यक्रममा नगरप्रमुख एवम् सञ्चालक समितिका अध्यक्ष टीकाराम खड्काले शिक्षालयमा थप विषयहरू थपिने बताउनुभयो । उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले अन्य स्थानीय तहका लागि सिकाइको विषय हुनुपर्ने बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मोबाइल एप्सबाटै मेट्रो कलेजकाे भवन उद्घाटन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्