स्वास्थ्य शिविरबाट ७०८ जना लाभान्वित
सर्लाही, जेठ ६ गते । नेपाली सेनाले शनिबार सर्लाहीको चन्द्रनगर गाउँपालिकास्थित नाढीमन ताल परिसरमा स्वास्थ्य शिविर आयोजना गरेको छ । स्वास्थ्य शिविरबाट ७०८ जना लाभान्वित भएका छन् ।
नवलपुरस्थित भैरवीदल गण पाँचकुमारी ब्यारेक र बर्दिबासस्थित मध्यपूर्वी हेडक्वार्टरको पहलमा नेपाली सेनाकै फिल्ड अस्पताल बर्दिबासले गाउँपालिका र विभिन्न स्वास्थ्य संस्थासँग समन्वय गरी शिविरमा ७०८ जनाले सेवा लिएका हुन् । सबैभन्दा धेरै बालरोग विभाग अन्तर्गत २३८ जना बालबालिकाको उपचार गरिएको छ ।
यस्तै, हाडर्जोनी तथा नशा रोगका ८० जना, दन्त रोगका ८५ जना, नाक, कान, घाँटीका ७० जना, सुगरका १३ जना, नसा तथा मनोरोग ओपिडीका ७ जना, स्त्री रोगका ८० र आँखाको समस्या भएका ५५ जनाको उपचार गरिएको छ । ५५ जनाले भिडियो एक्स-रे सेवा लिएका छन् ।
शिविरमा आएकाहरूलाई निःशुल्क स्वास्थ्य परीक्षणसहित औषधी पनि वितरण गरिएको भैरवीदल गणका निमित्त गणपति एवं सेनानी पवन विष्टले जानकारी दिनुभयो ।
गाउँबाट ठुलो सङ्ख्यामा मानिसहरू आएर उपचार सेवा लिएका छन् । चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले स्थानीयस्तरमै विशेषज्ञ चिकित्सकबाट सेवा पाउँदा ग्रामीण भेगका गरिब तथा विपन्न वर्गका नागरिक खुसी भएको बताउनुभयो ।
शिविरमा परिचालित नगर अस्पताल लालबन्दीका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रामविश्वास रायले स्थानीय विपन्न परिवारका मानिसले लालबन्दी, बयलवास, मलङ्गवा लगायतका स्थानमा पुगेर लिनुपर्ने सेवा गाउँमै पाएको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #स्वास्थ्य शिविरबाट ७०८ जना लाभान्वित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्