एमाले भक्तपुर जिल्ला अध्यक्षमा बचन देउजा निर्वाचित
काठमाडौं, ६ जेठ । नेकपा (एमाले) भक्तपुरको जिल्ला अध्यक्षमा बचन देउजा निर्वाचित हुनुभएको छ ।
नवौं जिल्ला अधिवेशनमा मोहनवीर श्रेष्ठलाई पराजित गर्दै देउजा अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । गएराति सम्पन्न मतगणना अनुसार देउजा २९० मतसहित अध्यक्षमा विजयी हुँदा श्रेष्ठले २०१ मत प्राप्त गर्नुभयो ।
यसैगरी, उपाध्यक्षमा किरण थापा २६२ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी बासुदेव थापाले २२९ मत प्राप्त गर्नुभयो ।
सचिवमा विष्णु तामाङ २७५ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी शम्भु दाहालले २१६ मत प्राप्त गर्नुभयो ।
यस्तै, उपसचिवमा उत्तरा नेपाल र सानुकाजी कायस्थ निर्वाचित हुनुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #एमाले भक्तपुर जिल्ला अध्यक्षमा बचन देउजा निर्वाचित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्