थारू हस्तकला बनाउन सिकाइँदै
वराहक्षेत्र, जेठ ६ गते । थारू समुदायका महिलालाई परम्परागत थारू हस्तकलाका सामग्री बनाउने सिप सिकाउन थालिएको छ । पछिल्लो पुस्तामा सिप हस्तान्तरण गर्न र हराउँदै जान थालेको सिप संरक्षण र संवर्धनका लागि सिकाउन थालिएको हो ।
प्रविधिको विकाससँगै थारू समुदायले दैनिक प्रयोगमा ल्याउने गरेका हस्तकलाका सामग्रीहरू विस्थापित हँुदै जान थालेपछि प्रयोगात्मक रूपमै तालिम दिन थालिएको थारू ग्रामथान संरक्षण समितिका सुनसरी सचिव सुनिल चौधरीले बताउनुभयो । थारू सभा रामधुनी नगर समितिले नगरपालिकाको आर्थिक सहयोगमा परम्परागत थारू हस्तकलाका सिप सिकाउन थालेको हो । महिलालाई उद्यमशीलतातर्फ प्रवर्धन गर्ने उद्देश्यले तालिम सुरु गरेको थारू सभा रामधुनीले जनाएको छ ।
गृहिणी महिलालाई सिप विकासबाट स्वरोजगार, बनाउन आयआर्जन तथा सामाजिक रूपान्तरण र जीविकोपार्जन गर्नका लागि १५ दिने तालिम सुरु गरिएको थारू महिला सभा रामधुनी नगर अध्यक्ष लिली चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “परम्परादेखि थारू समुदायले बनाउँदै आएको हस्तकलाका सामग्री बनाउन छोडेसँगै थारू संस्कृतिसँग जोडिएको हस्तकला सिप युवा पुस्तामा सिकाउन सुरु गरेका छौँ ।”
तालिममा सहभागीले धमा, मना, ढकिया, धमनी घरको पूजाकोठामा राख्ने सामग्री र खाद्य वस्तु राख्ने भाँडाकुँडा आकार भएको सामग्री बनाउन सिक्ने छन् । स्थानीय वनजङ्गल, नदी नालामा पाइने घाँस, सिक्री, गबहा र उनबाट उनेर बनाउन सिकाइने सामग्रीको बजार मागसमेत बढ्दो छ । थारू समुदायमा धमा, मना, ढकिया, धमनी धार्मिक कार्यमा प्रयोग गरिँदै आएको छ । हस्तकला र स्थानीय स्रोतसाधनबाट बनाइने सामग्री पर्यावरणमैत्री मानिन्छ । तालिमका सहभागीलाई ७० वर्षीय चनावती थरूनीले हस्तकला सिप सिकाउँदै आउनुभएको छ । हस्तकलाका सामग्रीलाई मायाको चिनो, धार्मिक कार्यमा प्रयोग तथा सजावटका लागि कोठामा राख्न सकिने छ । यस्ता सामग्रीमा फलफूल तथा खानेकुरा राखेर खानाले मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने बताइएको छ ।
थारू समुदायले धर्म, कर्मका रूपमा परापूर्वकालदेखि प्रयोग गर्दै आएको हस्तकलालाई बजारीकरण गरी पुस्ता हस्तान्तरण गर्नुपर्नेमा प्रशिक्षक थरूनीले सरोकारवालालाई सुझाउनुभएको छ । हस्तकलाको सिपबाट आर्थिक र उद्यमी बन्न सक्ने उद्देश्यले कार्यव्रmम तथा बजेट विनियोजन गरेको नगर प्रमुख शङ्करलाल चौधरीले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #थारू हस्तकला बनाउन सिकाइँदै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्