Techie IT
बिहीबार, कात्तिक २७,२०८३

आज एमाले तारकेश्वरको अधिवेशन , बिभिन्न स्थानबाट सांस्कृतिक झाकी निस्कदै


तारकेश्वर काठमाडौं । नेकपा एमाले तारकेश्वरले आसन्न दोस्रो अधिवेशको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । आजदेखि नेपालटारमा हुने अधिवेशमा बिभिन्न मौलीक एवं साँस्कृतिक झाकी प्रस्तुत हने बताइएको छ ।
झाकी लामबगर मनमैजुबाट सुरु भई नेपालटार पुग्नेछ ।

अधिवेशनलाई सभ्य तथा भव्य रुपमा सम्पन्न गर्नका लागि पार्टीको सदस्य तथा शुभचिन्तकहरुलाई सफल बनाउनका लागि आ–आफ्नो ठाउँबाट जुट्न एमाले तारकेश्वरले आग्रह गरेको छ ।

अधिवेशनमा आयोजक कमिटिका ७२ जना स्वत प्रतिनिधि , १० जना मनोनित , बिभिन्न जनसंगठनबाट १६ जना , सल्लाहकारबाट १ जना र बिभिन्न ११ वटा वडाहरुबाट १०० जना प्रतिनिधि छनौट भएका छन ।


क्याटेगोरी : समाचार
ट्याग : #आज एमाले तारकेश्वरको अधिवेशन


तपाईको कमेन्ट लेख्नुहोस्