Techie IT
बिहीबार, कात्तिक २७,२०८३

एमाले तारकेश्वरको नगर अधिवेशनको तयारी पुरा , यस्तो प्रतिनिधिको ब्यवस्था


तारकेश्वर काठमाडौं । नेकपा एमाले तारकेश्वरले आसन्न दोस्रो अधिवेशको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । भोलिदेखि नेपालटारमा हुने अधिवेशको पूर्व सन्ध्यामा आज पार्टी कार्यालयमा आयोजित एक समारोह बिच तयारी पुरा भएको अध्यक्ष बासु गौतमले बताउनुभयो ।

अधिवेशनका लागि आर्थिक संकलन, प्रतिनिधि चयन तथा प्रतिबेदन तयारीको काम पुरा भएको सचिव राजु तिमिल्सनाले बताउनुभयो । अतिथिहरुलाई पत्राचार गर्नुका साथै आउने सबै पाहुनाहरुलाई पत्राचार सँगै फोनबाट पनि सम्झाउने काम भएको उहाँको भनाई छ ।

अधिवेशनलाई सभ्य तथा भव्य रुपमा सम्पन्न गर्नका लागि हामीले कुनै पनि कसर बाँकी राख्दैनौं, पार्टीको सदस्य तथा शुभचिन्तकहरुले अधिवेशनलाई सफल बनाउनका लागि आ–आफ्नो ठाउँबाट जुट्न एमाले तारकेश्वरले आग्रह गरेको छ ।

अधिवेशनमा आयोजक कमिटिका ७२ जना स्वत प्रतिनिधि , १० जना मनोनित , बिभिन्न जनसंगठनबाट १६ जना , सल्लाहकारबाट १ जना र बिभिन्न ११ वटा वडाहरुबाट १०० जना प्रतिनिधि छनौट भएका छन ।

 

 

 


क्याटेगोरी : समाचार
ट्याग : #एमाले तारकेश्वरको नगर अधिवेशन


तपाईको कमेन्ट लेख्नुहोस्