अपाङ्गता अधिकारको माग गर्दै काठमाडौँमा प्रदर्शन
काठमाडौँ, वैशाख ३१ गते। सरकारले सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा यथाशीघ्र निःशुल्क उपलब्ध गराउनुपर्ने माग राख्दै अपाङ्गता भएका व्यक्तिले काठमाडौँमा प्रदर्शन गरेका छन्।
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी नियमावलीको ‘सामुदायिक सहायता सेवा तथा व्यक्तिगत सहयोगी सेवा’ सम्बन्धी व्यवस्थाको कार्यान्वयनको माग गर्दै काठमाडौँमा सो प्रदर्शन गरिएको हो। अपाङ्गता अधिकारकर्मीले शान्तिवाटिकादेखि भद्रकालीसम्म र्याली गरेका हुन्।
प्रदर्शनकारीले सामुदायिक सहायता सेवा र निःशुल्क व्यक्तिगत सहयोगीको व्यवस्था गर्न माग गरेका छन्। साथै अभियन्ताहरूले अपाङ्गता अधिकारकर्मी दीपक भण्डारीको जीवनरक्षाको माग गरेका छन्।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र अपाङ्गता अधिकारकर्मी एवं मेरुदण्डका बिरामी भण्डारीबिच गत चैत १४ गते भएको उक्त व्यवस्था सम्झौता भएको थियो। वैशाख १ गतेदेखि सहमति कार्यान्वयन नभएपछि वैशाख १८ गतेदेखि उहाँ आमरण अनशनमा बस्नुभएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अपाङ्गता भएका व्यक्तिको सहायता र व्यक्तिगत सहयोगीको व्यवस्थासँग सम्बन्धित बजेटको व्यवस्था नहुँदा कार्यान्वयनमा नगएको जनाएको छ।
सम्झौतामा ‘व्यवस्थालाई उपयुक्त र दिगो ढाँचामा चरणवद्ध रुपमा स्थानीय सरकारसँग अन्तरतह सहकार्यमा कार्यान्वयन गर्न आवश्यक कार्यक्रम र मापदण्डको मस्यौदा प्रतिवेदन दुई हप्ताभित्र तयार गरी पेश गर्न’ तीन सदस्यीय समिति गठन गरिएको थियो।
मन्त्रालयका सहसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा राष्ट्रिय अपाङ्ग महासङ्घका वरिष्ठ उपाध्यक्ष रामबहादुर कार्की र अभियन्ता भण्डारी सदस्य रहनु भएको थियो। सम्झौतामा ‘पहिलो चरणमा ११ जना पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिबाट उक्त कार्यक्रम सुरु गर्ने सहमति भएको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अपाङ्गता अधिकारको माग गर्दै काठमाडौँमा प्रदर्शन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्