मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु
खांदबारी – संखुवासभामा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ ।
जिल्लाको मकालु गाउँपालिका– २ स्थित रहेको मकालु हिमाल आरोहण गरी फर्कने क्रममा मकालु बेसक्याम्प २ र ३ को बीचमा सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिका– ४ बस्ने ५४ वर्षीय ल्हाक्पा तेन्जे शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
गएको मंगलबार मकालु हिमाल आरोहण गरी फर्किने क्रममा बेसक्याम्प २ र ३ को बीचभागबाट शेर्पा बेपत्ता भएका थिए। बेपत्ता भएपछि खोजी गर्ने क्रममा शुक्रबार शेर्पाको शव फेला परेको खबर आएको जिल्ला प्रहरी कार्यालय संखुवासभाको भनाइ छ।
घटनास्थलमा मुचुल्का कार्य गर्न कठिनाइ रहेको हुँदा मृतकको शव उक्त स्थानबाट बेसक्याम्पतर्फ ल्याउँदै गरेको प्रहरीले जनाएको छ।
सदरमुकाम खाँदबारीदेखि मकालु गाउँपालिकाको केन्द्र नुमसम्म यातायातको सुविधा रहेको छ भने नुमदेखि घटनास्थल पाँच दिनको पैदल दूरी लाग्ने जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #आरोही मृत्यु, #मकालु हिमाल, #संखुवासभा, #समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्