Techie IT
बिहीबार, कात्तिक २७,२०८३

तारकेश्वर नगर अधिवेशनमा जुट्यो एमाले , यस्तो छ प्रतिनिधि छनौट प्रकीया


काठमाडौं । नेकपा एमालेको तारकेश्वर नगर कमिटिको अधिवेशन आउँदो जेठ ५ र ६ गते हुने भएको छ ।यस अघिको नगरकमिटिको बैठकले अधिवेशन गर्ने निर्णयअनुसार व्यवस्थापकीय र सांगठानिक रूपमा तयारी तीव्र पारिएको अध्यक्ष बासु गौतमले बताउनु भयो ।

एमालेका नगर कमिटि अध्यक्ष बासु गौतमका अनुसार मिसन ०८४ मा तारकेश्वरमा एमालेले क्लिनस्वीप पार्ने मुख्य उद्देश्यका साथ अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरी पार्टीलाई एक ढिक्का बनाएर लैजाने गरी आफू लागेको बताउनु भयो।

उहाँले भन्नुभयो, अधिवेशनमा एक ढिक्का बनाएर सर्वसम्मत नेतृत्व चयन तर्फ जान्छौं। नेतृत्वमा आउन सबैको इच्छा आकांक्षा हुन्छ। सबै नेताहरूलाई जिम्मेवारी पाउने वातावरण बनाएर अगाडि बढ्छौं।’

अधिवेसन यही जेठ ५ र ६ गते हुदैछ भने कार्यक्रमका प्रमुख अतिथि एमाले उपमहासचिव बिष्णु रिमाल रहनु हुनेछ ।

यस्तो छ प्रतिनिधिको ब्यवस्था

नेकपा एमालेको तारकेश्वर नगर कमिटिको अधिवेशनका लागी पार्टी संगठीत सदस्यको प्रत्येक १५ जना बराबर एक जना प्रतिनिधि हुनेछन । साथै प्रत्येक वडाबाट १ महिला र १ युवा रहनेछन । युवाको उमेर हद १८ बर्ष देखी ३५ बर्षको हुनुपर्नेछ ।

यस्तै जनसंगठनका हकमा एक महिला र एक पुरुष रहनेछन भने बर्तमान नगरकमिटि सदस्य स्वत प्रतिनिधि हुनेछन ।

 

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तारकेश्वर नगर अधिवेशनमा जुट्यो एमाले, #यस्तो छ प्रतिनिधि छनौट प्रकीया


तपाईको कमेन्ट लेख्नुहोस्