तारेभीरमा ‘रक क्लाइम्बिङ’ परीक्षण
मनाङ, वैशाख १९ गते । मनाङ चामे गाउँपालिका –५ रहेको अग्लो तारेभीरमा साहसिक खेल रक क्लाइम्बिङको परीक्षण गरिएको छ । गाउँपालिकालाई पर्यटनमार्फत समृद्ध बनाउन यस्तो साहसिक खेलले मद्दत पुग्ने भएकाले सहमतिपत्र दिइएको गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिनुभयो ।
उहाँले वडा ५ को तारेभीरमा रक क्लाइम्बिङ परीक्षणको सहमति मागेकाले अनुमति दिइएको बताउनुभयो । यस्ता साहसिक खेलले पर्यटक आगमनमा वृद्धि हुने तथा मनाङको पनि प्रचार–प्रसार हुन्छ उहाँले भन्नुभयो ।
पर्यटन बोर्ड गण्डकी प्रदेशबाट अनुमति लिएर दुई फ्रान्सेली नागरिकसहित दुई नेपाली यतिबेला तारेभीरमा बोल्टिङ ठोक्ने डोरी टाँग्ने काम गरिरहेको वडा ५ का वडासचिव धीरेन्द्रकिशोर क्षेत्रीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो वडा ५ र पालिकाबाट सहमति लिएर पाँच दिनदेखि काम भइरहेको छ । अब दुई दिन जतिमा सकिन्छ ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तारेभीरमा ‘रक क्लाइम्बिङ’ परीक्षण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्