Techie IT
बिहीबार, कात्तिक २७,२०८३

सिक्दै कमाउँदै विद्यार्थी


सुलीकोट, वैशाख १९ गते । गोरखाको बारपाक सुलीकोट गाउँपालिका-६ ताकुकोटमा रहेको सुर्यज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरु सृजनशील शुक्रबारे कार्यक्रम अन्र्तगत दुना टपरी बनाउज सिक्दै कमाउँदै आयआर्जन गर्न थालेका छन् ।

बारपाक सुलीकोट गाउँपालिकाको आर्थिक सहयोग तथा विद्यालयको समन्वयमा हरेक हप्ताको शुक्रबार ताकुकोटका महिला समुहका दिदिबहिनीहरुको निशुल्क सहयोगमा विद्यार्थीहरुलाई दुना टपरी बनाउन विद्यार्थीहरुलाई सिकाइएको हो । त्यसबाट थोरै भएपनि विद्यार्थीहरुलाई आम्दानीको स्रोत बढाउन यस्तो कार्यक्रम ल्याईएको सुर्यज्योति माध्यमिक विद्यालयका प्राध्यानध्यापक बाबुराम रम्तेलले जानकारी दिनुभयो ।

अहिले जिल्लाका कुना काप्चामा पनि जताजतै प्लाष्टिकका सामानहरु भोगचलनमा आउन थालेकाले त्यसको रोकथामको लागि खेर गईरहेको सालको पातलाई प्रयोग गरी प्लाष्टिकका सामानहरुलाई विस्थापित गर्नको लागि विद्यालयका विद्यार्थीहरुलाई हरेक शुक्रबार दुना टपरी बनाउन सिकाईएको उहाँले बताउनुभयो । फुर्सदको समयलाई सदुपयोग गर्दै सीप र आम्दानी पनि राम्रो हुने भएकोले यस कार्यलाई विद्यालयले निरन्तरता दिने पनि बताइएको छ ।

जिल्लामा हुने गरेको मेला महोत्सवमा बढी यसको माग बढेको पनि पाईएको छ । प्लाष्टिकका सामानहरुले वातावरण नै प्रदुषित भईरहेको भन्दै यसलाई रोक्न विभिन्न सरकारवालाहरुले चिन्ता समेत व्यक्त गरेका छन् ।

वातावरणलाई स्वच्छ बनाउन सालको पातको महत्वपुर्ण भूमिका हुन्छ । अहिले विवाह वर्तबन्ध पाटी भोज भतेरमा अत्यधिक मात्रामा प्लाष्टिकका सामानहरु प्रयोगमा आएकाले त्यसलाई विस्थापित गर्न विद्यालयले विद्यार्थीहरुलाई प्रत्येक शुक्रबार ५०० सय दुना टपरी बनाएर राखिएको विद्यालयले जनाएको छ । अहिले विद्यार्थीहरुले बनाएको दुना टपरी विद्यालयमा हुने दिवा खाजा र खानाको लागि व्यवस्थापन भएको छ । अहिले जति पनि गाउँपालिका भित्र मेला महोत्सव, भोज भतेर लगाएका कार्यक्रमहरुको लागि बिद्यालयले दुना टपरी व्यवस्थापन सजिलै उपलब्ध गराउन सक्ने भएको विद्यालयका प्राध्यानध्यापक रम्तेलले बताउनुभयो ।

टपरीको पाँच रुपियाँ र दुनाको ४ रुपियाँको दरले बिक्रि मूल्य रहेको र त्यसबाट हुने आम्दानी विद्यालयका विद्यार्थीहरुलाई उपलब्ध गराइने विद्यालयका प्राध्यानध्यापक रम्तेलले जानकारी दिनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सिक्दै कमाउँदै विद्यार्थी


तपाईको कमेन्ट लेख्नुहोस्