बहु आयामिक श्रोत केन्द्र नेपालको यस्ता छन सामाजिक गतिविधिहरु
बहु आयामिक श्रोत केन्द्र नेपाल एक राष्ट्रिय रुपमा स्थापीत गैरसरकारी संस्था जस्ले ग्रामिण क्षेत्रका गरीब तथा महिला वर्गहरु र विशेष गरी सिमान्तकृत वर्गहरुको उत्थानका लागी सामाजिक तथा आर्थिक अवस्थामा सुधार ल्याउने कृषि, स्वास्थ्य, शिक्षा, जैविक विविधता, जलवायु परिवर्तन, भुक्षय न्युनिकरण, मानव अधिकार आदि जस्ता कार्यहरु विभिन्न जिल्लाहरुमा गर्दै आई रहेको छ ।
हेटौंडाम मुख्य अपरेसन कार्यालय रहेको यस संस्थाले हाल स्टप टी. बी. पाटर्नरशिप÷युनोप्स जेनेभा, स्वीजरल्यााण्ड को आथिर्क सहयोगमा एम.आर.सि नेपालले मे २०२३ देखी अप्रिल २०२४ सम्म काठमाण्डौंको टोखा नगरपालिका, चितवनको भरतपुर महानगरपालिका र मकवानपुरको हेटांैडा उपमहानगरपालिका अन्तर्गतका वडाहरुमा क्षयरोग सम्बन्धी सचेतना जस्ता पैरवी क्रियाकलापहरु संचालन गर्दै आईरहेको छ ।
क्षयरोगको सेवा सम्बन्धी पैरवी क्रियाकलापहरुको नतिजा तथा उपलब्धीको मिति २०८१÷१÷७ (१९ अप्रिल २०२४) गते राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र क्षयरोग सेवा सम्बन्धी विभिन्न विषय विशेषज्ञ, निर्देशक एंव सरोकारवालाहरु सँग समन्वय गरी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । अतः उक्त कार्यक्रममा उक्त केन्दका निर्देशक डा.प्रज्वल श्रेष्ठ ज्युको अध्यक्षतामा भएको उक्त कार्यक्रम विभिन्न क्षयरोग विशेषज्ञहरु बाट संस्थाले गरेको क्रियाकलापको उच्च कदर तथा चिनारी दिदै क्षयरोगको सेवा क्षेत्रमा अझ बढी प्रभावकारी बनाउन सुझाव दिनु भयो ।
साथै उक्त केन्द्रका निर्देशक डा.प्रज्वल श्रेष्ठ ज्युले कार्यक्रमको प्रभावकारीता, आवश्यक समन्वय र आगामी दिनमा आवश्यक सहकार्य गर्न यो केन्द्र जहिले पनि तत्पर हुने कुरा जानकारी गराउँदै कार्यक्रम समापन गर्नु भयो । उक्त कार्यक्रमका मुख्य क्रियाकलाप निम्न बमोजिम रहेको छन् ।
विभिन्न जिल्लाहरुमा ८ ओटा टिभी लागेका व्यक्तिहरूको समूह बनाई उनीहरूलाई समुदायमा क्षयरोग सम्बन्धि जनचेतना फैलाउन परिचालन गरिएको छ
समुदायमा रहेका विभिन्न आमा समूह, युवा समूह, क्लव, महिला स्वास्थ्य स्वयसेविका, टोल विकास समितीका पदाधिकारीहरुलाई क्षयरोग सम्बन्धि जनेतना प्रवाह गरिएको छ ।
त्यसैगरी समुदायमा भएको क्षयरोग सम्बन्धि सर्वेक्षण गरी समाजमा भएको न विभिन्न माध्यमबाट जनचेतनाको प्रभा गरिएको छ ।



क्याटेगोरी : समाचार
ट्याग : #बहु आयामिक श्रोत केन्द्र नेपालको यस्ता छन सामाजिक गतिविधिहरु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्