इलामको प्रारम्भिक नतिजामा कांग्रेसको अग्रता
इलाम, वैशाख १६ गते। इलाम–२ मा सुरु भएको मत गणना कार्यको प्रतिक्षामा यतिबेला मत गणना स्थल भरिएको छ। गणना स्थल गौतमबुद्ध सभा गृहको बाहिर नतिजा पर्खेर मतदाता, राजनीतिक दलहरु पर्खिरहेका छन्। दिउँसो १२ बजे सुरु भएको मतगणनाको पहिलो नतिजा आइसकेको छ।
प्रारम्भिक नतिजामा कांग्रेसका नम्बर खड्काले अग्रता लिनुभएको छ। उहाँले ६५७ मत ल्याउनुभएको छ। एमालेका सुहाङ नेम्वाङले ५३४ मत पाउनुभएको छ भने स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १२७ मत ल्याउनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङले ११५ मत पाउँदा राप्रपाका लक्ष्मी गुरुङले ४ मत पाउनुभएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #इलामको प्रारम्भिक नतिजामा कांग्रेसको अग्रता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्