इलाममा मतगणना सुरु
पशुपतिनगर(इलाम), वैशाख १६ गते । इलामको निर्वाचन क्षेत्र नं. २ को मतगणना सुरु भएको छ । आइतबार बिहान बसेको सर्वदलीय बैठकको निर्णय अनुसार केही बेर अघिबाट मत गणना सुरु भएको हो ।
उच्च सुरक्षाका बिच इलामको गौतम बुद्ध सभा हलमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत केशव घिमिरेले जानकारी दिनुभयो । मतगणना स्थलमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ । मतगणना स्थलमा तार जालीसहित सिसी टिभी जडान गरिएको छ ।
मतगणना स्थलमा मतपरिणाम सार्वजनिक गर्ने कार्यलाई व्यवस्थित गरिएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । मतगणना स्थलमा सञ्चारकर्मीका लागि डेक्स स्थापना गरिएको छ ।
इलाममका शनिबार सम्पन्न भएको उपनिर्वाचनमा एक लाख १५ हजार आठ सय ८९ जना मतदातामध्ये ६९ हजार दुई सय ८७ (५९ दशमलव ७९ प्रतिशत) मतदाताले मतदान गरेका छन् ।
संविधान सभाका सभामुख सुभाषचन्द्र नेम्वाङको निधन भएपछि इलाम २ मा उपनिर्वाचन भएको हो । इलाम २ मा एमालेबाट नेम्वाङका छोरा सुहाङ नेम्वाङ, कांग्रेसका डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बु र पहिचानवादीका डकेन्द्रसिंह थेगिमसहित स्वतन्त्र र राजनीतिक दलका गरी १९ जना उम्मेदवार रहनु भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #इलाममा मतगणना सुरु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्