बझाङमा उपनिर्वाचन : १ बजेबाट मतगणना सुरु हुने
बझाङ, वैशाख १६ गते । बझाङ क्षेत्र नम्बर १ मा शनिबार भएको प्रदेश सभा (क) उपनिर्वाचनको मतगणना कार्य आइतबार दिउँसो १ बजेबाट हुने भएको छ ।
शनिबार साँझदेखि नै मतगणना स्थलमा मतपेटिका ढुवानी गर्न गरिएपनि आज बिहान साइपाल गाउँपालिकाबाट मतपेटिका सदरमुकाम ल्याइएपछि मतगणना गर्न सर्बदलीय बैठकले निर्णय गरेको छ । मतगणना छबिसपाथिभेरा गाउपालिकाबाट सुरु हुने समेत बताइएको छ । सर्बलीय बैठकले अन्य आचारसंहिता समेत बनाएको छ ।
कुल ६१ हजार ७४८ मतदाता रहेको क्षेत्र नम्बर १ का ७४ मतदानस्थल र ९३ मतदान केन्द्रमो शनिबार शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको थियोे । उपनिर्वाचनमा ३० हजार ३ सय २८ जना सहभागी भएकोमा ४९.१२ प्रतिशत मत खसेको थियोे ।
यसअघि नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी मृत्यु भएपछि यहाँ उपनिर्वाचन भएको हो । यहाँ विभिन्न दलका ११ जना उम्मेदवार छन् । एमालेबाट दमन बहादुर भण्डारी, कांग्रेसबाट अभिषेक बहादुर सिंह, माओवादी केन्द्रबाट जनक बहादुर बुढा, राप्रपाबाट किशोर कुमार खड्का, एकीकृत समाजवादीबाट दिल बहादुर सिंह, नेमकिपाबाट खगेन्द्र बहादुर शाही, जनमत पार्टीबाट शुशिला देवी विष्ट, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का, जनता समाजवादी पार्टीबाट रामबहादुर खड्का, नेसनल रिपब्लिकन नेपालबाट कमल घर्तीमगर, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्र बहादुर थापा उम्मेदवार छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #बझाङमा उपनिर्वाचन : १ बजेबाट मतगणना सुरु हुने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्