अपाङ्गता भएकालाई सामग्री सहयोग
अत्तरिया, वैशाख १४ गते । धनगढी उपमहानगरपालिकाले अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायता सामग्री वितरण गर्ने भएको छ । उपमहानगरपालिकाको २ सय ९० जना अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायता सामग्री वितरण गर्न लागेको हो ।
गत वर्ष उपमहानगरले एकसय ८९ जनालाई सो सहायता सामग्री वितरण गरेको थियो । नगर क्षेत्रमा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिको खोजी गर्न पाँच ठाउँमा स्क्रिनिङ्ग शिविर राखेर अपाङ्गता भएका व्यक्तिको पहिचान गरिएको नगरपालिकाका सूचना अधिकारी सुरेन्द्रसिंह कार्कीले जानकारी दिनुभयो ।
उपमहानगरले १९ वटै वडालाई समेट्ने गरी पाँच ठाउँमा स्क्रिनिङ शिविर राखेको थियो । सो शिविरमा नापजाँच गरी अपाङ्गता सामग्री आवश्यक रहेको पहिचान गरिएको थियो । स्क्रिनिङ शिविरमा पत्ता लागेका अपाङ्गता भएका व्यक्तिलाई असार १५ भित्र सहायता सामग्री वितरण गरिसक्ने नगरपालिकाका महिला विकास अधिकृत पंकजा जोशीले बताउनुभयो ।
उहाँले गत वर्ष अपाङ्गता भएका व्यक्तिलाई ३२ लाख बराबरको २०५ किसिमका सहायता सामग्री निःशुल्क वितरण गरिएको जानकारी दिनुभयो । यो वर्ष स्वीकृत वार्षिक कार्यक्रममा १८ लाख बजेट विनियोजन गरिएको भए पनि धनगढीको सर्वाङ्गिण अपाङ्गता विकास समाजले अपाङ्गता सहायता सामग्री वितरण गर्न ९ लाखमा टेण्डर पाएको हो ।
यो वर्ष ह्विलचेयर, बैसाखीसहित चस्मा तथा कान नसुन्ने व्यक्तिलाई सहायता सामग्री प्रदान गर्ने जनाएको छ । अपाङ्गता भएका व्यक्तिलाई खोजीखोजी सहायता सामग्री वितरण गर्ने उपमहानगरपालिकाको नीति तथा कार्यक्रम रहेको बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अपाङ्गता भएकालाई सामग्री सहयोग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्