कम्युनिष्ट आन्दोलनका पर्याय मनमोहन : नेता पोखरेल
काठमाडौं, वैशाख १३ गते । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायको रुपमा बुझ्न आवश्यक रहेको बताउनुभएको छ । बिहीवार ललितपुरमा मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा सो कुरा बताउनुभएको हो ।
मनमोहन अधिकारीको २५ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्व. नेता अधिकारीले अनेक उत्तारचढाव खेप्नुभएको चर्चा गर्नुभयो । उहाँले शासन सत्तामा रहँदा मात्र नभई स्व. नेता अधिकारी प्रतिकूल अवस्थामा समेत स्थिर रहनुभएको बताउनुभयो । कम्युनिष्ट आन्दोलनभित्र देखापर्ने कुनै पनि अतिवादमा स्व. अधिकारी नपर्नुभएको उहाँले चर्चा गर्नुभयो ।
स्वभाव र विचारमा नरम देखिए पनि देब्रे वा दाहिने विचार र प्रवृत्तिको विरोधमा उहाँ रहनुभएको बताउनुभयो । अहिलेको कम्युनिष्ट आन्दोलनमा लागेका विद्यार्थीले मनमोहन अधिकारीको सादगीपूर्ण जीवनीको बारेमा जान्न आवश्यक रहेको उहाँले चर्चा गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘मनमोहन अधिकारीलाई हामीले कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायको रुपमा बुझ्नुपर्छ । उहाँका जीवनमा अनेक उत्तारचढाव आए तर कहिल्यै खण्डित हुनुभएन । कहिल्यै पनि विशृङ्खलित हुनुभएन ।’ शासन सत्तामा रहँदा मात्र होइन, अत्यन्त प्रतिकूल अवस्थामा समेत उहाँले जिम्मेवारीपूर्वक काम गर्नुभएको उहाँले स्मरण गर्नुभयो ।
‘हामी मनमोहन अधिकारीलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको अर्को नामका रुपमा लिने गर्दछौँ । कम्युनिष्ट आन्दोलनभित्र देखापर्ने कुनै पनि अतिवादमा उहाँ रहनुभएन’ उहाँले थप्नुभयो, “उहाँ स्वभावमा नरम देखिए पनि, विचारमा नरम देखिए पनि, देब्रे वा दाहिने विचार र प्रवृत्तिको विरोधमा रहनुभयो । उहाँ कहिले पनि त्यो व्यवहारप्रति सहमत हुनुभएन ।’
वरिष्ठ उपाध्यक्ष पोखरेलले स्व. मनमोहन अधिकारी भूराजनीतिक संवेदनशीलताप्रति गम्भीर रहनुभएको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कम्युनिष्ट आन्दोलनका पर्याय मनमोहन : नेता पोखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्